#

समाचार

कर्मचारी र जनप्रतिनिधिविच जोरी कहिलेसम्म?

देश संघीयतामा गयो, घरघरमा सिंहदरबार भन्ने नारा सहित स्थानिय तहसम्म जनप्रतिनिधि आए, कर्मचारी र जनप्रतिनिधि मिलेर अब त देशले कोल्टो फेर्ला भन्ने आशा जनताले लिए। तर विडम्बना कर्मचारी र जनप्रतिनिधिविच समन्वयकारी भुमिका स्थापित हुन नसक्दा बेलाबेला समाचारका विषय बन्नु सामान्य भएको छ। यसै शिलशिलालाई निरंतरता दिदै मोरङ्ग पथरी शनिश्चरे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिविच

पथरी शनिश्चरेमा स्वास्थ्यकर्मीका लागि हात्तीपाइले अभिमुखीकरण

पथरी शनिश्चरे, १४ माघ मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।   पथरी नगर अस्पतालका डाक्टर सावन मेहता, नगर स्वाथ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा

अनुगमन बमोजिम ८ नम्बरमा बिधुत बिस्तार हुँदै !

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा बिधुत बिस्तारको काम भइरहेको छ । २०७६ भदौ २३ गतेका दिन पथरीशनिश्चरे नगरपालिकाकि उपप्रमुख यमुना बिष्ट बास्तोला, नेपाल बिधुत प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख शिवराम यादव, युवा समाजसेवी नवीन कार्की लगाएतको टोलिले बिधुत आवश्यकताको अनुगमन गरेको थियो । सोही अनुगमनका आधारमा अहिले ८ नम्बर वडाको कुशेमा बिजुलीको पोल

पथरीमा होटल साल्पा संचालनमा आउदै

पथरी भ्रमण बर्ष २०२० लाइ लक्षित गर्दै मोरङको पथरीबाट नयाँ होटल सन्चालनमा आउने भएको छ । सुबिधा सम्पन्न होटल माघ १६ बाट संन्चालनमा ल्याउन लागेको सोमबार पथरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। पथरी बाणिज्य संघका महासचिब समेत रहेका अशोक साम्पाङ राइले सन्चालनमा ल्याउन लागेको होटलमा खान र बस्नका साथै सेमिनार हल समेत रहने होटलका

वडा अध्यक्षद्वारा दिर्घरोगी महिलालाई आर्थिक सहयोग!

देशका विभिन्न भुभागका जनप्रतिनिधिहरु विभिन्न आर्थिक काण्डमा मुछिरहने समाचार आइरहदा मोरङ्ग पथरी शनिश्चरेका एक वडा अध्यक्षले आफ्नो सुविधा बापतको रकमलाई जनताका लागि खर्च गर्ने अभियानलाई निरंतरता दिइरहेका छ्न। जनप्रिय जनप्रतिनिधिको रुपमा चिनिएका पथरी शनिश्चरे वडा नम्बर -१० का वडा अध्यक्ष सागर राईले सोही वडाका न्युन आर्थिक अवस्था रहेको दिर्घ रोगका बिमारी उमा विश्वकर्मालाई नगद दश

मिक्लाजुङमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सम्पन्न , उपाधी भोजपुरलाई

विवेक न्यौपाने “तेक्वान्दो खेल्न थाले देखि अब एक्लैदुक्लै हिड्न परे पनि खासै डर लाग्दैन, आत्मरक्षाका आवश्यक उपाय सिके पश्चात् महिला हिंसाको शिकार हुनु पर्ला भन्ने डर पनि हराएको छ” यो भनाई हो भोजपुरबाट तेक्वान्दो प्रतियोगिता खेल्न मोरङ्गको मिक्लाजुङ आएर स्वर्ण जित्न सफल १६ बर्षिय रोमिला राईको। मोरङ्गको मिक्लाजुङ्ग ५ खोलिटारमा प्रदेश १ का विभिन्न जिल्लाका

कोरोना भाइरसबारे सावधानी अपनाउन चीनमा रहेका नेपालीलाई आग्रह

चीनमा माहामारीको रुप लिइरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सावधानी अपनाउन बेइजिङस्थीत नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हबुेई प्रान्तको राजधानी सहर वुहानमा रहेका नेपालीलाई आग्रह गरेको हो । भाइरसका कारण अहिलेसम्म त्यहाँ २५ जनाको ज्यान गइसकेको छ । संक्रमण फैलिने चिन्ता बढ्दै गएपछि त्यहाँका नगरहरूमा यात्रा

ट्याक्टरका पछाडि रिफ्लेक्टर

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । ट्राफिक प्रहरी पोस्ट कर्सियाले सवारी चालकलाई आवश्यक प्रशिक्षण दिने, सम्झाई बुझाई गर्ने, दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरेर बोर्ड राख्ने, शैक्षिक संस्थामा विभिन्न खाले सचेतनामूलक कक्षाहरु सञ्चालन गर्ने, आम नागरिक एवं चालकलाई भेलाजम्मा पारेर ट्राफिक नियमका बारेमा जानकारी दिने, ट्याक्टरको

सीमा रेखाको एक किलोमिटरभित्र गोली चलाउन निषेध

गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गर्न खोजे ७ दिनभित्र स्वदेश फर्काइने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ‘सीमा व्यस्थापनसम्बन्धी सम्झौता’ले हिरासतमा राखेको एक साताभित्र चीन फर्काउने व्यवस्था गरेको हो । प्रतिनिधिसभाको जानकारीका लागि पेश गरिएको सम्झौताको पूर्णपाठको धारा २६ को उपधारा (२) मा भनिएको छ, ‘दुवै पक्षका सीमा प्रतिनिधिहरु

अग्नि सापकोटाविरुद्ध सर्वाेच्चमा रिट, पक्राउ गर्न माग

नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गर्नुभएको छ । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उहाँमाथि अनुसन्धान थाल्न माग गर्नुभएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्नुभएको छ । सापकोटालाई गिरफ्तार गरेर