#

होलिको शुभकामना

  पथरी अनलाईन   १५ चैत्र २०७७, आईतवार

मनकाे खुशीले रङ्गीन बनाअाै हाेलीकाे रङ
तनकाे स्पूर्तिले नजिक गराअाै हाेलीकाे रङ

बर्षेनी छाउने रङहरूकाे रमाइलाे याे चाड
माया सद्भावले अरू सजाअाै हाेलीकाे रङ

हरेक रङहरूले खुशीयाली छर्ने हाे याे पर्व
दुःख पिडाहरूमा पनि अटाअाै हाेलीकाे रङ

साथी संगी खुलेर मनाउने याे पनि हाम्राे चाड
मित्रताका हातहरूले समाअाै हाेलीकाे रङ

बन्धुबान्धवबिचकाे दुरी मेट्ने याे पनि हाे पर्व
शुद्ध सम्बन्धले भरपूर जगाअाे हाेलीकाे रङ

रचनाः तारा लाअाेती लिम्बू
पथरी शनिश्चरे न.पा. १, माेरङ