#

पथरी शनिश्चरे ८ सेमि फाइनलमा प्रवेश

  पथरी अनलाईन   १४ चैत्र २०७७, शनिबार

मोरङ । पथरीशनिश्चरे –८ नम्बर वडा फुटबल टिम मोरङको पथरी शनिश्चरे नगर स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको छ ।                                                       

आज भएको खेलमा वडा नम्बर २ लाई टाइब्रेकरमा १–४ गोल अन्तरले पछि पार्दै ८ नम्बर सेमि फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हापको खेल शुरु भएको सातौ मिनेटमा २ का खेलाडि कबि राईले गोल गरेका थिए भने दोस्रो हामको आठौ मिनेटमा ८ नम्बर वडाका खेलाडि महेन्द्र मगरले गोल गर्दै बराबरीमा पु¥याएका थिए ।
खेल अबधिभर एक बराबरी गोल भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा ८ नम्बर वडाका खेलाडिहरु एली लिम्बू, सौरज राउत, महेन्द्र मगर र समिर याक्खाले गोल गरेका थिए । वडा नम्बर २ का खेलाडि शन्तोष न्यौपानेले गोल गरेपनि निरज परियारले प्रहार गरेको गोल पोलमा ठोकिएर बाहिरिएको, अर्का खेलाडि अमृत राईले हानेको गोल विपक्षी गोलरक्षकले रोकका थिए ।

आजको खेलको म्यान अफ द म्याच बिजेता ८ नम्बर वडाका खेलाडि समिर याक्खा घोषित भए । उनलाई कार्यक्रमको अतिथि नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईको हातबाट मेडल तथा नगद पुरस्कार प्रदान भएको थियो ।

भोलिकोे खेल वडा नं. ३ र आयोजक भुटानी शरणार्थी शिविर शनिश्चरे ए टिमबीच हुने आयोजक समितिका संयोजक कुमार राईले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु