#

नगर स्तरीय फुटबल टुर्नामेन्टकाे आजकाे खेलमा वडा नं. ३ बिजयी

  पथरी अनलाइन   ११ चैत्र २०७७, बुधबार

पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को आज भएको खेलमा पथरी शनिश्चरे वडा नं. ३ विजयी भएको छ । पथरी शनिश्चरे वडा नं. ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल सुरु भएको ३ मिनेटमै वडा नं. ६ का सनम ब. तामाङले गोलको खाता खोलेका थिए । यस्तै वडा नं. ३ का तर्फबाट २१ औँ मिनेटमा जहरमान लिम्बु, ३३ औं मिनेटमा साराङ फागो, ५१ औं मिनेटमा प्रताप चेम्जोङले गोल गरेका थिए । १ गोल भने आत्मघाती गोल भएको थियो । आजको प्रतियोगिताको म्यान अफ द म्याच वडा नं. ३ का जहरमान लिम्बु घोषित भए । उनलाई प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ र समाजसेवी विवेक लिम्बुले नगद रु. १५ सय र मेडल प्रदान गरेका थिए । भोलिको खेल वडा नं. १० र ७ बीच हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु