#

विश्व क्षयरोग विरुद्धको दिवश मनाइयो

  पथरी अनलाइन   ११ चैत्र २०७७, बुधबार

पथरी शनिश्चरे, ११ चैत
“संकेत समयको, क्षयरोग अन्त्यको“ भन्ने नाराकासाथ आज मोरङको पथरी शनिश्चरे नगरपालिकामा पनि विश्व क्षयरोग विरुद्धको दिवश मनाइएको छ ।
नगरको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख यमुना विष्ट वास्तोलाले क्षयरोगीलाई हेला नगरी माया गरेर समाजका अन्य नागरिक सरह अग्रसर बनाउन सवैले सहकार्य गरेमा मात्र क्षयरोग अन्त्य हुने बताउनु भएको छ ।
कार्यक्रममा वडाध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, क्षयरोगको औषधि सेवन गरिरहेका व्यक्तिहरुको सहभागिता रहेको थियो । नगरमा क्षयरोगको नियमित औषधि सेवन गरिरहेकाको संख्या ६० रहेको स्वास्थ्य शाखाका एकराज खत्रीले जनाउनु भयो ।

सम्बन्धित शीर्षकहरु