#

सामाजिक देउरालीको भवन र शिव मन्दिर उद्घाटन

  पथरी अनलाईन   २८ फाल्गुन २०७७, शुक्रबार

मोरङ्गको पथरीशनिश्चरे ४ मा स्थापित सामाजिक देउराली युवा क्लबले आफ्नो क्लब भवन र शिव मन्दिरको उद्घाटन गरेको छ। बिहिवार शिवरात्रीको पवित्र अवसर पारेर क्लबले नवनिर्मित भवन र शिव मन्दिरको उद्घाटन नगर प्रमुख दिलिप कुमार राईबाट गराएको हो ।                       
सो मन्दिर र क्लब भवन निर्माणमा ५ लाख रुपैयाँ बढी खर्च भएको र सम्पुर्ण खर्च जनस्तरबाट संकलन गरि भवन र शिव मन्दिर निर्माण गरिएको क्लबका अध्यक्ष प्रज्वल ओझाले बताए । क्लबको उद्घाटन गर्दै नगर प्रमुख राईले स्थानीयको सक्रियतामा सुन्दर भवन र मन्दिर निर्माण हुनु भनेको उदाहरणीय कुरा भएको बताउनु भयो । आगामी दिनमा क्लबलाई स्थानीय तहबाट प्राप्त हुन सक्ने सहयोगका लागि नगरपालिका सदैब तत्पर रहने बताउनु भयो ।
२०५३ सालमा स्थापना भएको सो क्लबका लागि स्थानिय सामाजिक व्यक्तित्व सुन्दर अधिकारीले चोकैमा रहेको १० धुर जग्गा क्लबलाई प्रदान गरेको र सोही जग्गामा मन्दिर र क्लब भवन निर्माण गरिएको क्लबका सचिव अस्टमान राइले बताए ।