पथरि । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुने भएको छ ।
भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार भेटघाटको आयोजना गरी आगामी चैत्र ७ (मार्च २०) गतेदेखि मैत्रिपूर्ण फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो ।
प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी जम्मा१४ टिम सहभागि हुने आयोजक कुमार कृष्ण राईले बताए ।
पत्रकार सम्मेलनमा पथरीशनिश्चर नगरपालिका–१० को कार्यबाहक वडा अध्यक्ष मैना आचार्य, शिविर सचिव चम्पासिंह राई, पुरुषोतम ढुङ्गेल, स्थानीय पशुपति ससस सामुदायिक वन उपभोत्ता समितिको अध्यक्ष ईश्वर चौहान लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय र शरणार्थीवीच मैत्री पूर्ण सम्बन्ध कायम रहोस भन्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ ।
प्रतियोगिताको बिजेता टिमले ७५ हजार रुपैयाँ र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।
कोभिड–१९ को प्रकोप सहजहुँदै जाँदा पथरीशनिश्चरे नगरमा यस अघि नगर स्तरीय लिगकम नकआउट फुटबल, सोही सरणार्थी सिविरमा खुल्ला नकआउट फुटबल लगायतको प्रतियोगिता सम्पन्न भएको थियो ।
भुटानी शरणार्थी शिवरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुने
पथरी अनलाईन
१६ फाल्गुन २०७७, आईतवार
