#

कोरोना प्रभावित सदस्यलाई सहारा साकोसको राहत प्याकेज

  विवेक न्यौपाने   ७ फाल्गुन २०७७, शुक्रबार

कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहारा नेपाल साकोसले विभिन्न तवरले राहत प्रदान गर्दै आएको छ । साकोसले “रोग लाग्नै नदिन प्रयत्न तपाईको, केहि भएमा सहयोग गर्ने बाचा हाम्रो’’ अभियान स्वरुप कोभिड सहायता कार्यक्रम संचालन गरेको छ ।

साकोसले उक्त कार्यक्रम मार्फत शेयर सदस्यहरुमा कोरोना पोजेटिभ भई होम आईसोलेसन तथा अन्य आईसोलेसनमा बसेका सदस्यहरुलाई १४ दिन सम्म प्रतिदिन ५०० का दरले कोरोना भत्ता उपलब्ध गराउने उदेश्य अनुरुप ९८ जनालाई रु ६ लाख ८६ हजार रुपैयाँ वितरण गर्ने जनाएको छ भने कोरोना उपचार बापत १८ जनालाई रु २५ लाख ८५ हजार रुपैयाँ प्रदान गर्ने निणर्य गरेको छ ।

 

साकोसले कोरोनाले नेपालमा जनजीवन कष्टकर बनाइरहँदा सदस्यहरुका लागी उपलब्ध गराएको राहत प्याकेजहरु पे्रस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । साकोसले संस्थामा रहेका अति बिपन्न लघुवित्त सदस्यहरुलाई लकडाउनको अवधिमा हात मुख जोड्न सकुन भन्ने उद्धेश्यले विपद सापटी रकम ७८१६ जनालाई रु २ करोड ६८ लाख २३ हजार रुपैयाँ उपलब्ध गराईएको जनाएको छ भने संस्थामा ऋण कारोवार गरि रहेका सदस्यहरुलाई थोरै भए पनि सहयोग पुयाउने उदेश्यले ०७७ आषाढ मसान्तसम्म साँवाको किस्तामा र व्याज बुझाउने सदस्यहरुलाई पाकेको व्याजमा १० प्रतिशत छट बापत रु ३ करोड ४५ लाख छुट प्रदान गरेको थियो ।

साकोसले सो बिपतको घडिमा प्रदेश सरकार, स्थानिय सरकार, जिल्ला विपद व्यवस्थापन समन्वय समितिहरु संगको सहकार्यमा आईसोलेसन, क्वारेनटाईनमा बसेका व्यक्तिहरु, भुटानी शरणार्थि शिविरका ब्यक्तिहरु तथा विपन्न परिवारहरुको लागि खाद्यन्न र सरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग समेतका लागि मानविय सहायता कोषबाट रु ५७ लाख ३५ हजार २५७ रुपैयाँ बरावरको राहत प्याकेज उपलब्ध गराईएको जानकारी गराएको छ । यसका अलावा साकोसले कोरोना संक्रमणको समयमा पि.सि.आर. ल्याव स्थापनामा एकका लागि एक अभियानसंगको सहकार्यमा महत्वपूणर् भुमिका निर्वाह गरेको संस्थाले गरेको संस्थाका कार्यवाहक अध्यक्ष हरि प्रसाद निरौलाले जानकारी दिए ।