#

मेची सहकारीको ५ औँ सेवाकेन्द्र पथरीमा उद्घाटन

  पथरी अनलाइन   ४ फाल्गुन २०७७, मंगलवार

मेची सहकारी संस्थाले आफ्नो पाँचौ सेवाकेन्द्रको उद्धघाटन गरेको छ । संस्थाले मोरङको पथरीशनिश्चरे १ मा पाँचौ सेवाकेन्द्र स्थापना गरेको हो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखे्रलको प्रमुख आतिथ्यमा औपचारीक कार्यक्रमको आयोजना गरी सो सेवा केन्द्रको उद्धघाटन भएको हो । १ महिना अगाडी देखि कारोबार सुरु गरेको सेवाकेन्द्रको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखे्रलले सहकारी क्षेत्रमा सहकार्यको भावना अपरीहार्य भएको बताउदै सहकारीहरुले ठुलो पुँजी बनाउने, सदस्य संख्या वृद्धि, सेवा केन्द्र विस्तार लगायतका क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनु भयो । पोख्रेलले सहकारीले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । सहकारीका माध्यमबाट थोरै थोरै बचत गरेर ठुलो समस्या टार्न सकिने भन्दै पोख्रेलले राज्यको तीन खम्बे अर्थ नीति भित्र समेत सहकारी क्षेत्र रहेको बताउनुभयो । सहकारीले पैसाको कारोबार मात्रै नभएर हरेक शेयर सदस्यको आर्थिक स्तर उकास्न सक्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पथरी शनिश्चरे नगरप्रमुख दिलिप कुमार राईले सहकारी पथरीमा सेवाकेन्द्र उद्घाटन गरेकोमा स्वागत गर्नुभयो । सहकारीको नीति भित्र रहेर यहाँका जनताको आर्थिक स्तर उकास्नका लागि के गर्न सकिन्छ, सो कुरामा समेत मेचीले भूमिका खेल्न सुझाव दिनुभयो ।
कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले मेचीले पैसा भेला पार्ने मात्रै नभएर यहाँ उत्पादन भएका सागसब्जी लगायतका हरेक विषयलाई बजारी करण गर्न सघाउने बताउनुभयो । मेची, बहुउद्देशीय प्रकृतिको सहकारी भएकाले पैसाको कारोबार मात्रै नभएर यहाँका शेयर सदस्यको आवश्यकता अनुसारका कार्यक्रमहरु गर्न सकिने भट्टराईले स्पष्ट पार्नुभयो ।

सम्बन्धित शीर्षकहरु