#

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको हिसाब सार्वजनिक

  पथरी अनलाइन   १९ माघ २०७७, सोमबार

पथरी । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को हिसाब सार्वजनिक गरिएको छ । आयोजक पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले आज सोमबार लिगको हिसाब सार्वजानिक गरेको हो ।

लिग सञ्चालनका लागि आयतर्फ १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन भएको जानकारी आयोजकले दिएको छ । जस अन्तर्गत वैदेशिक रोजगारमा गएकाहरुबाट ३ लाख ९३ हजार ५ सय, स्थानीय संघ संस्था तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार, ५ सय २५ रुपैयाँ, पथरी शनिश्चरे नगरपालिकाबाट रु। ४ लाख, ९२ हजार, ५ सय रुपैयाँ र मुख्य प्रायोजक तथा सह–प्रायोजकहरुबाट रु। ५ लाख ५० हजार रुपैयाँ आय विवरणमा उल्लेख गरिएको छ ।

यस्तै व्ययतर्फ १४ लाख, ८८ हजार ६ सय ७५ रुपैयाँ प्रतिवेदनमा उल्लेख छ । यसरी हिसाव प्रस्तुत गर्दा जम्मा २ लाख १५ हजार ८ सय ५० रुपैयाँ बचत रहेको आयोजक कमिटीका कोषाध्यक्ष श्रीहाङ राईले जानकारी दिए ।

हिसाव सार्वजानिक कार्यक्रममा आयोजक कमिटीका संयोजक संजिव गिरीले पथरी शनिश्चरे प्रिमियर लिग आगामी दिनमा अझ परिस्कृत भएर आयोजना गरिने जानकारी दिए । उनले भने –‘हामी यो लिगलाई अझ मजबुतका साथ अघि बढाउनेछौं, कमिटीमा व्यक्ति परिवर्तन होला तर लिग अझ स्तरीय आयोजना गरिनेछ ।’

सम्बन्धित शीर्षकहरु