#

५ औँ रिफ्युजी च्यालेन्ज कपको फाइनल समिकरण पूरा, योङ ब्रदर शिरिजंगा र आयोजक उपाधिका लागी भिड्ने

  पथरी अनलाइन   १३ माघ २०७७, मंगलवार

पथरी, ५ औँ रिफ्युजी च्यालेन्ज कप फुटबलको आज सम्पन्न अन्तिम सेमीफाइनल खेलमा दुधे फुट्बल क्लव झापालाई हराउँदै योङ ब्रदर शिरिजंगाले फाइनल यात्रा तय गरेको छ ।

शिरिजंगाको जितसँगै प्रतियोगीताको फाइनल समिकरण पूरा भएको छ। १५ गते विहिबार हुने फाइनल खेल आयोजक वाइएफसी ए र योङ ब्रदर्श शिरिजंगा बिच हुनेछ ।

आजको सेमिफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत खेलको निर्णय लिइएको हो । खेलको चौथो मिनेटमा शिरिजंगाका राजकुमार कन्दङ्वाको पासमा सनम भुजेलले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यता दुधे फुट्बल क्लवका मनिस लिम्बूको फ्रि(किकको सदुपयोग गर्दै खेलको १० औँ मिनेटमा बिशाल दर्जीले हेड मार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । पूनः सनम धिमालको पासमा सनम भुजेलले उत्कृष्ट प्रहार गरे पनि पोलमा ठोकिएर रिबाउण्ड हुदाँ थप गोल हुन सकेन । ।
यसअघि खेलको पहिलो मिनेटमा नै मनिस लिम्बूले गरेको उत्कृष्ट प्रहारलाई शिरिजंगाका गोल रक्षक बिशाल दर्लामी मगरले बिफल बनाइदिएका थिए ।

निर्धारित समयमा खेल १–१ को बरबरीमा सकिएपछि टाइ ब्रेकर मार्फत शिरिजंगाले जित आफ्नो पोल्टामा पा¥यो । टाइब्रेकरमा शिरिजंगाका दिपेश धिमाल, सनम भूजेल, राजकुमार कन्दङ्वा र दिनेश गिरीले गोल गरे ।

दुधेका तर्फबाट रोजि माझी, शुसिल मगर र प्रितम लिम्बूले गोल गरे भने संजिब बुढाथोकी र निकेश श्रेष्ठ गोल गर्नबाट चुक्दा नतिजा सुम्पन बाध्य भए ।

आजको खेलको म्यान अफ दि म्याच शिरिजंगाका सनम भूजेल घोषित भए । भूजेलले नगद २ हजार ५ सय प्राप्त गरे । प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।
प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरी शनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।

सम्बन्धित शीर्षकहरु