#

बेलबारी टाइब्रेकरमा पराजित,आज अन्तिम सेमीफाइनल खेल दुधे र योङ ब्रोदर श्रीजंगा इलाम बिच हुने

  पथरी अनलाइन   १३ माघ २०७७, मंगलवार

मोरङको पथरी शनिश्चरे १० मा जारी ५ औँ अन्तराष्ट्रिय रिफ्युजी च्यालेन्ज कप फुटबलको आज अन्तिम सेमीफाइनल खेल दुधे फुट्बल क्लव झापा र योङ ब्रोदर श्रीजंगा इलाम बिच हुदैछ। हिजो सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा बेलबारी फुट्बल क्लवलाई टाइब्रेकरमा पछि पार्दै योङ ब्रदर्श श्रीजंगा फुट्बल क्लवले सेमीफाइनलमा स्थान बनाएको हो
हिजोको खेल निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो ।

खेलको ६ मिनेटमा श्रीजंगाका जर्सी नं। १४ का सनम धिमालले उत्कृष्ट गोल गरे । ५४ औँ मिनेटमा जर्सी नं। ९ का खेलाडी रोहन कार्कीले एकल प्रयासमा टिमलाई दोस्रो गोल गरेका थिए ।

यता बेलबारीका सुसन लामाले १६ औँ मिनेटमा गोल गरेका थिए । खेलको २९ औँ मिनेटमा कासिम राईले गोल गरे । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा बेलबारीका विवेक पौडेल, मौषम लिम्बू र बिक्रम धिमालले गोल गरे । श्रीजंगाका तर्फबाट सनम भूजेल, राजकुमार कन्दङ्वा, दिवश गिरी र सन्तोष न्यौपानेले गोल गरे ।

सो खेलको म्यान अफ दि म्याच श्रीजंगाका गोल रक्षक विशाल दर्लामी मगर घोषित भए । मगरले ५ हजार रुपैया र मेडल प्राप्त गरे ।
आयोजक वाइएफसी ए ले फाइनलका लागी स्थान सुरक्षित गरीसकेको छ। प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरी शनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।
प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

सम्बन्धित शीर्षकहरु