लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना जगाउने उद्धेश्य स्वरुप पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० ले जनचेतनामूलक भिडियो “ममतामा हारेको जिवन” तयार गरेको छ। हेम्स इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत आज उक्त मुभि सार्वजनिक गरिएको हो ।
भिडियोमा लागुऔषधको प्रयोगले निम्त्याउने समस्यालाई प्रस्तुत गरिएको छ । भिडियोमा प्रताप गुरुङ,लक्षणा राई, विवेक न्यौपाने, सुमन कुरुङ्वाङ, गणेश थक्लुङ, सृजना धिमालको अभिनय रहेको छ । सर्ट फिल्ममा कथा लेखन तथा निर्देशन सुमन कुरुङवाङको रहेको छ भने भुपेन्द्र तुम्वाहाम्फेले छायाङ्कन गरेका छन् ।
उर्जाशिल र सिर्जनशिल यूवा पुस्ता कुलतमा नफसुन भन्ने सन्देश दिन वडाले सो भिडियो तयार पारेको १० नम्बर वडाका अध्यक्ष सागर राईले बताए।
जनचेतनामूलक भिडियो “ममतामा हारेको जिवन” सार्वजनिक
पथरी अनलाइन
२८ असार २०७७, आईतवार
