#

कमल खत्रीको “मेरो देश” सार्वजनिक

  पथरी अनलाईन   २८ असार २०७७, आईतवार

कमल खत्रीको नयाँ गित `मेरो देश ´ सार्वजनिक भएको छ। राष्ट्रियता र देशप्रेम झल्कने स्वदेश गान खत्रीले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन।


भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् । गीतका शब्द शक्ति क्षेत्रीले लेखेका हुन्, उनैले गीतमा संगीत पनि दिएका छन् ।

‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा सदनबाटै पास भए पछि हामीले मेरो देशको भिडियोसहित हिजो मात्र रिलिज गर्न पायौँ । भिडियोमा नेपालको नयाँ नक्शा छ,’ खत्रीले भने ।