#

जाँतेमा कृषि सामाग्री वितरण कार्य सम्पन्न

  डम्बर सेन्चुरी   १४ असार २०७७, आईतवार

जाँते १४ आषाढ- उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा आज एक विशेष कार्यक्रमको आयोजनागरी स्थानिय सक्रिय कृषकहरुलाई विभिन्न प्रकारका कृषि सामाग्रीहरु वितरण गरिएको छ ।


        विगत केही वर्ष सम्म हिउँदे तरकारी को पकेट क्षेत्र रहेको यस लेटाङ्ग ९ जाँतेलाई यसै वर्ष देखि भने  तरकारीको ब्लग घोषणा गरिएको छ । यसै को अौपचारिक उदघाटन एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धि तालिम तथा अभिमुखिकरण को अवसर पारी उक्त सामग्री वितरण गरिएको तरकारी ब्लग संचालक समितिकी सचिव भुमिका बुर्जाले वताएकीछन् । तालिम आषाढ १४ र १५ गते गरी दुई दिन सम्म संचालन हुने छ । तालिममा कृषि ज्ञान केन्द्र सुनसरी का प्रमुख नुनुलाल उराँव ले सहजीकरण गर्नुहुने जनाईएको छ ।
        उक्त कार्यक्रम तरकारी ब्लग संचालक समिति लेटाङ्ग ९ जाँते को आयोजनामा सम्पन्न भएको हो ।


         आज वितरित सामग्रिहरुमा खनजोत गर्न का लागि मिनि टिलर १० थान र खेत सम्म मल पुर्याउने हाते ठेला६० थान रहेका छन् । पानी सिचाईं का लागि हजारी र अार्ग्यानिक मल देखि विभिन्न साग सब्जी को बीउ भने तत्कालै आउनेक्रमामा रहेको संस्थाकी संयोजक मथुरा अधिकारी ले जनाएकी छन् । उनका अनुसार  उक्त सामाग्रीहरु आए लगत्तै स्थानिय कृषकहरुलाई वितरण गरिने छ । यसरी संस्थाले वितरण गर्ने समाग्रीहरु मा कृषि ज्ञान केन्द्र मोरङ्ग-सुनसरीको ५० प्रतिशत अनुदान रहेको छ ।
            अनुदानमा प्राप्त समाग्री भएकाले मिनिटिलरका लागि नगद रु ५५ हजार र हाते ठेलाका लागि नगद रु २  हजार १ सय आफुहरुले संस्थालाई बुझाएको स्थानिय कृषक सन्त बहादुर राईले वताए ।
   
   विगत लामो समयदेखि कृषि पेशामा लागेर मौसमि र बेमौसमी दुवै प्रकारका सब्जी खेति गर्दै आएका स्थानिय १० जना सक्रिय कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शंखर राईले वितरण गरेका थिए ।
      संस्था कि संयोजक को अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा विभन्न अतिथिहरुले शुभकामना मन्तब्य समेत राखेका थिए । यसरी मन्तब्य राख्नेक्रममा लेटाङ्ग नगर प्रमुख ले तरकारी ब्लग पार्नमा आफू पनि दिन रात खटिएको एवं आगामी दिनमा समेत कृषकको साथमा रहेर विविध समस्या समाधानमा लागि पर्ने बताएका छन् । साथै विभिन्न प्रकारका किराले कृषक को बाली नष्ट गर्न थालेको ले यसका लागि कृषकले बाली विमामा पनि ध्यान दिन सुझाएका छन् ।
       यसै गरी सोही अवसरमा मन्तब्य राख्दै नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले कृषकलाई ५० प्रतिशत मात्र अनुदान दिँदा अधिकांस कृषक यसको लाभ लिन बाट बञ्चित हुने भएकाले विपन्न कृषकका लागि पनि संस्थाले जोड दिन सुझाएकि छन् भने विपन्न कृषकलाई कसरी बढि भन्दा बढि लाभ पुर्याउन सकिन्छ भनेर आफुले पनि नगरमा सशक्त रुपले लागि पर्ने बताएकी छन् ।
         सोही अवसर परेर संस्थाले आ.व.७६/०७७ को ७२ लाख ३२ हजार २ सय५० बराबरको अाय ब्यय समेतको सार्वजनिक सुनुवाई समे गरेको थियो । 

सम्बन्धित शीर्षकहरु