(झ्याउरे लय ३२३२३३)

बाउसे हली मै भएँ तिमी रोपाहर बनन
सुख र दु:ख भोगेर बाँच्ने तिमी भर बनन
बर्खाको भेल बाढी पहिरो जंघार तरौँला
सङ्घर्षबाट मिलेको मिठो अबसर बनन
वर पीपल छाँयाँ देशको माया मुटुमा राखेर
ए देश भक्त नेपाली तिमी ठहर बनन
कोरोना कहर जित्ने छ रहर नेपाली सबैको
मनको बस्ती उज्यालो पार्ने त्यो अधर बनन
बाँडेर माया पराई जितौँ वैरभाव नराखौँ
राष्ट्रको सिमा सुरक्षा मर्ने रहर बनन
सुमन राई, पथरी