#

गजल-

  पथरी अनलाइन   ३२ जेष्ठ २०७७, आईतवार

सुमन राई, मोरङ

तिमीले भन्यौ मैले दिनुपर्छ केही लिनु हुँदैन
मलाई रेटी धारिलो बन्छौ तिमी रेटिनु हुदैन
मलाई के सम्झेर यसरी शत्रु सम्झियौ तिमीले
जहाँ तिमी हुन्छौ त्यहाँ मैले विचार पस्किनु हुँदैन
किनार भएर जिएको छु हेर कसरी खिएको छु
तिमी नदी हौ प्रिया तिमीले कहिल्यै खिइनु हुँदैन
फाटेको मन सिलाएर जिजीविषा पालें सुमन
तिमीले फेरि भन्यौ मेरो अघि तैंले चिनिनु हुँदैन