#

सिड्लिङ मन्टेश्वरीको शुल्क खल्ती मार्फत भुक्तानी हुने

  पथरी अनलाईन   २७ बैशाख २०७७, शनिबार

पथरी
सूचना प्रविधिको विकास क्रमसंगै आएको अनलाईन भुक्तानी बिभिन्न बिद्यालयमा संचालन गरिएको छ । अब मोरङ्ग पथरीमा रहेको सिडलिङ मन्टेश्वरीका अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक शुल्क खल्ति डिजिटल एप मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । सो एप मार्फत रकम भुक्तानी गर्दा अन्य थप शुल्क नलाग्ने बताइएको छ।

विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि ३ सम्मका छात्रछात्राको शूल्क अभिभावकले अनलाईन मार्फत भुक्तानी गर्न सकिने खल्ती डिजिटल वालेटका प्रदेश १ प्रमुख तुलसी लुनिया बताउँछन् ।

अहिले सम्म पथरीमा खल्ती मार्फत अनलाईन भुक्तानी संचालन गरिएको सिडलिङ पहिलो संस्था भएको छ भने अन्य बिद्यालय तथा कलेजमा पनि छिट्टै संचालनमा आउने बताइएको छ ।

खल्तीबाट मोबाईल, टेलिफोन, ईन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

खल्तिमा हाल ४२ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट खल्तिमा सहजै रकम जम्मा गर्न तथा खल्तिबाट बैंक खातामा रकम पठाउन सकिन्छ । कनेक्ट आइपिएस मार्फत समेत गरि ५० बढी वैंकबाट खल्ती संचालन गर्न सकिन्छ।

सम्बन्धित शीर्षकहरु