#

मोलुङ गांँउपालिकालाई डिजिटल प्रकोप ब्यबस्थापन प्रणाली

  पथरी अनलाइन   २० बैशाख २०७७, शनिबार

ओखलढुंगाको मोलुङ गांँउपालिकालाई स्मार्ट पालिकाले नि:शुल्क कोभिड लाइभ ट्र्या्किङ तथा क्वारेन्टाइन ब्यबस्थापन प्रणाली प्रदान गरेको छ ।
नगर प्रोफाइल,डिजिटल प्रोफाइल तथा अन्य डिजिटल प्रविधि बनाउने उदेश्यले निर्माण गरिएको उक्त कम्पनीले देशका विभिन्न स्थानिय तहलाई सो एप उपलव्ध गराउदै आएको छ ।

स्मार्ट पालिका क्याम्पेन डाइरेक्टर बिबश महत भन्छ्न “ हामीले सम्पुर्ण स्थानिय निकायलाई यो सेवा प्रदान गरेर यो महामारीको बेला सहयोग गर्दै आएका छौं ,अझ आउने दिनमा यसलाई थप ब्यबस्थित गर्दै जानेछौ“
अब मोलुङ गांँउपालिकाले सम्पुर्ण आफ्ना कार्य,गुनासो ब्यवस्थापन समेत एप मार्फत नै गर्नेछ ।
“ बिश्व नै डिजिट्ल प्रबिधिमा हिडिरहेको बेला मोलुङ गाउपालिका पनि डिजिटल सेवामा अघि बढ्दैछ, धन्यवाद छ स्मार्ट पालिकालाई “ मोलुङ्ग गांँउपालिका आइटि अधिकृत गोपाल नेपाल बताउछन ।
यो प्रणाली बिरगंज,भरतपुर महानगर, धुलिखेल नगरपालिका,मोलुङ गांँउपालिका लगायतका ७० भन्दा माथी स्थानिय निकायहरुमा प्रयोग भइरहेको छ ।
यस प्रणालीमा क्वारेन्टाइन ब्यबस्थापन,आइसोलेसन,सेल्फ आइसोलेसन,लाइभ ट्रयाकिङ,राहत ब्यबस्थापन स्वयंसेवक परिचालन मोड्युल्स , मोबाइल एप्स तथा एकीकृत कोविड नियन्त्रण मोड्युल्सहरु समाबेश गरिएको छ ।

उक्त एप चाडै नै प्ले स्टोर र एप स्टोरमा उपलब्ध हुने बताइएको छ ।

तल दिइएको लिंकबाट मोलुङ गाउपालिकाको कोविड (१९ प्रकोप ब्यबस्थापन प्रणालीको एप डाउनलोड गर्न सकिन्छ ।

https://cloud.cellapp.co/index.php/s/qfg85t3RXp2Dgcp/download

यो पनि हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु