#

सर्लक्क परेको मकैको घोगाँमा दाना नलागेपछि

  पथरी अनलाइन   १७ बैशाख २०७७, बुधबार

पथरी,
मानो रोपेर मुरी उमार्न सिपालु किसान, भरपूर मेहेनत र आर्थीक लगानी गरेर खेती गर्छ तर फसल उठाउने बेलामा हात लाग्यो सुन्य भयो भने त्यो भन्दा असह्य पिडा अरु के हुन सक्ला? मोरङको पथरीशनिश्चरे ५ का किसान रमेश कविरथले यस्तै समस्या भोग्नु परेको छ। हलक्कै बढेको मकैमा सर्लक्क घोगाँ लागे पनि दाना नलागे पछि उनी चिन्तित बनेका छन ।

रमेश कविरथले लगाएको साढे चार बिगाहा जमिनमा लहलह परेका मकैमा घोगाँ लागे पनि मकैका दाना भने छैन । फाट्टफुट्ट घोगाँमा दाना लागे पनि (थोते) पातलो मकै फलेको छ ।


सुनसरी भुटाहाको ब्रहम कृषि केन्द्रबाट उन्नत जातको मकै भनेर ल्याएर रोपेको मकैमा घोगाँ मात्रै रहेको छ । ३ भिन्न उन्नत जातको मकैको विउ ल्याएर रोपेकोमा ९०८१ जातको मकैमा भने फल लागेको छैन । बारिमा हरीयो मक पोलेर खानेबेला भए पछि मकै भाच्दा घोगाँ मात्रै भेटिए पछि कविरथलाई तनाव भएको छ । कविरतले पाइनर, ११४४ र ९०८१ जातका मकै रोपेका थिए ।
पथरीशनिश्चरे ५ का मोहन थापाको खेत ठेक्कामा लिएर मकै खेति गरेका कविरथले ३ लाखको लगानिमा मकै रोपेका हुन । एक विघा जमिनको ३० मन धान दिने सर्तमा खेति गर्दै आएका कविरथलाई मकैमा फल नलागे पछि साहुलाई धान कसरी तिर्ने भन्ने चिन्ता छ । एक मनको हजार, बाह्र सयका दरले बिक्री हुदै गरेको मकै नफल्दा उनलाई ठुलो मार्का परेको छ ।
साडे चार बिगाहा जमिनमा पाइनर, ११४४ र ९०८१ नामको ६५ केजि मकै लगाएको कविरथको भनाई छ । १० कठ्ठा जमिनमा लगाएको ९०८१ नामको मकैमा भने घोगाँमा दाना नलागेको उनले बताए । अरु प्रजातीकका मकैमा समेत सोचे जस्तो दाना नलागेको उनले गुनासो गरे। मल, गोडमेल प्रसस्त गरे पनि मकैमा फल नलनग्नुको कारण कमसल विउ नै हुन सक्ने कविरथको ठहर छ।

सम्बन्धित शीर्षकहरु