#

ड्रम सिडरबाट धान खेती; ब्याड राख्ने, बीउ उखेल्ने झन्झट नहुने

  विवेक न्यौपाने   १३ फाल्गुन २०७६, मंगलवार

कृषीमा आधुनिकीकरण भित्रिने क्रममा ड्रम सिडर भित्रीए सँगै धानखेती सहज हुने भएको छ। धान रोप्न ब्याड तयार गर्ने , बीउ उखेल्ने झन्झट बिनै सिधै ड्रम सिडर बाट धान रोप्न मिल्ने भएपछी किसान पनि मक्ख परेका छन।
मोरङ्गको उर्लाबारी नगरपालिकाले अनुदानमा किसानलाई सो मेसिन उपलब्ध गराएसँगै किसान कृषितर्फ थप उत्साहित बनेका हुन।


उर्लाबारी नगरपालिका द्वारा ७५ % अनुदान मा बितरण गरिएको सो मेसिन र प्रविधि बाट धान खेती गर्दा ब्याड राख्नु नपर्ने , बिउ उखेल्नु नपर्ने , रोप्नु नपर्ने ,लागत खर्च प्रति बिगाहा ८/१० हजार कम हुने भएकाले किसान उत्साही बनेको उर्लाबारी नगरपालिका कृषि शाखा प्रमुख अम्बिका प्रसाद लुइँटेलले बताउनु भयो।
धानको बीउ उपचार गरेर टुसा पलाउन लागेको बिउलाई ड्रम मा राखेर तयारी जग्गामा धानको ब्याड राख्न तयार गरे जस्तै गरी खेतलाई हिल्याएर गर्हाको लेबल गरेकोमा हातैले ड्रम तानेर बीउ रोप्न सकिने लुइटेलले बताउनु भयो।
यो प्रविधि मा झार आउने समस्या भएको हुनाले बिउ रोपेको 20/25 दिन भित्रमा एस आर आइ विडरले गोडनु पर्ने अथवा झार नासक विसादी (नोमिनी गोल्ड)सोहि समयमा आधा एम एल बिषादी एक लीटर पानीमा राखेर स्प्रे गर्नु पर्ने लुइटेल बताउनु हुन्छ ।
बिषादी स्प्रे गरेको ५ दिन खेतमा पानी नराख्ने र यसो गरेमा उत्पादन अन्य प्रविधि बाट रोपेको भन्दा नघट्ने बताइएको छ।
यो ड्रम सिडर हलुका हुने हुनाले 12/14 बर्षका केटा केटी देखी 70 बर्षका मानिसले पनि सहजै बिउ रोप्न सक्ने भएकाले जनशक्ति अभावमा समेत काम गर्न सकिने बताइएको छ।
यश आर्थिक बर्षमा ५ थान सो मेसिन वितरण गर्ने योजना नगरले लिएकोमा उर्लाबारी १ मा रहेको चिसापानी लक्ष्मीझार कृषक समुहले सो मेसिन ७५ प्रतिशत अनुदानमा प्राप्त गरिसकेको छ। सो मेसिनको मूल्य १५ हजार ५ सय रहेको छ। सो मेसिन पाए सँगै धान खेती गर्न सहज हुने सो कृषि समुहका अध्यक्ष भिम बहादुर श्रेष्ठले बताउनु भयो।

सम्बन्धित शीर्षकहरु