चीनमा माहामारीको रुप लिइरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सावधानी अपनाउन बेइजिङस्थीत नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ ।
दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हबुेई प्रान्तको राजधानी सहर वुहानमा रहेका नेपालीलाई आग्रह गरेको हो । भाइरसका कारण अहिलेसम्म त्यहाँ २५ जनाको ज्यान गइसकेको छ ।
संक्रमण फैलिने चिन्ता बढ्दै गएपछि त्यहाँका नगरहरूमा यात्रा प्रतिबन्ध लगाइएको छ । दूतावासले संक्रमणबाट जोगिने उपायहरुबारे पनि जानकारी गराएको छ ।