#

पथरीशनिश्चरेका ३ सहकारी मर्ज

  पथरी अनलाईन   ५ माघ २०७६, आईतवार

माघ ५, पथरी

मोरङ्को पथरीशनिश्चरेमा ३ सहकारीले एकीकरण गरेका छन। नगरमै पहिलो पल्ट एकीकरण हुने सहकारीहरुमा ३ नम्बर वडाका वीेरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, न्यु कञ्चन बचत तथा ऋण सहकारी संस्था र २ नम्बर वडाको शान्तिदिप बचत तथा ऋण सहकारी संस्था रहेको छ।

वीेरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरे –३, वीरेन्द्रनगर को प्राङ्गणमा एकीकरण घोषणा सभा माँझ ३ सहकारी एक भएका हुन  ।

वीेरेेेेेेेेेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरे –३, शान्तिदिप बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरे–२ र न्यू कञ्चन बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरे–३ एकीकरण भएका छन ।

नेपाल बचत तथा ऋण केद्रिय सहकारी संघ (नेफ्स्कुन) का निवर्तमान कोषाध्यक्ष श्री केशव पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब श्री एकराज निरौला लगायता बिभिन्न बिशिष्ठ अतिथिहरुको आतित्थ रहेको थियो ।

एकीकरण घोषणा सभामा बोल्दै बक्ताहरुले पथरीशनिश्चरे नगरपालिकामा पहिलो उदारणीय कार्यको सुरुवात भएको बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु