#

आइएसआइएसका तीन आतंककारी नेपालबाट पक्राउ

  पथरी अनलाईन   २४ पुष २०७६, बिहीबार

दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन्  भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

रातोपाटी बाट साभार

सम्बन्धित शीर्षकहरु