#

नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्षका उम्मेद्बार अशोक शंकरलाई जिताउन अपिल

  विवेक न्यौपाने   ८ पुष २०७६, मंगलवार

‘जेसीजलाई सहि बाटो हिँडाउने, कसैलाई भेदभाव नगर्ने, जेसीजलाई पारदर्शी र स्वच्छ बनाउनु पर्छ भन्ने मान्यताका साथ नेपाल जेसिज बर्ष २०२० को लागि राष्ट्रिय अध्यक्षका उमेदवार अशोक शंकर चुनावी मैदानमा रहेका छन।

अबको २ दिनपछी नेपाल जेसिजले नयाँ नेतृत्व पाउदैछ र नेतृत्व लिने होडमा छन मोरङ्ग पथरी शनिश्चरेका अशोक शंकर।

चुनाव नजिकिदै गर्फा पथरी जेसिजका संस्थापक अध्यक्ष शंकरको पक्षमा जनलहर बढ्दो क्रममा रहेको शंकरलाई जिताउन सक्रिय रहेको सहयोग समितीका सदस्यहरुको बुझाई छ।

सफल युवा व्यवसायी अशोक शंकरलाई जिताउन अशोक जिताउ अभियान सहयोग समिती , देशका विभिन्न भुभागका संघ-संस्था,व्यावसायि, राजनितिक संगठन लगायतको सक्रियता बढ्दो देखिन्छ।

यसै क्रममा अशोक शंकरको जितको कामना गर्दै मोरङ्ग पथरी शनिश्चरेको पथरी उद्योग वाणिज्य संघले अशोक शंकरलाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विजयी गराउन सबैमा पहल गरेको छ। उवासं पथरी का अध्यक्ष दिपक बस्नेत र महासचिव अशोक कुमार राईले हस्ताक्षर गरेको अपिल सार्वजनिक गर्दै उद्योग वाणिज्य संघ पथरीले पथरी उद्योग वाणिज्य संघ पथरीका पुर्व सदस्य, उद्यमि , स्थापित युवा व्यवसायी, पथरी जेसिजका संस्थापक अध्यक्ष ,नेपाल जेसिजको कार्यकारी उपाध्यक्ष समेतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसकेका अशोक शंकरलाई राष्ट्रिय अध्यक्षमा अत्याधिक बहुमतका साथ विजयी गराउन भनेको छ।

नेपाल जेसिजको चुनावी सभा यहि १३ गते सम्म चितवनको रत्न नगरमा हुदैछ।

‘युवाहरुको विकास नै मुख्य मिसन हो’ भन्ने शंकरलाई देशभरिका युवाहरुको समर्थन छ ।
पथरी जेसीजको संस्थापक भएर महत्वपूर्ण योगदान गरेका अशोक केन्द्रीय उपाध्यक्ष छँदै कार्यकारिणी उपाध्यक्ष बनिसकेका छन् । ग्रामीण क्षेत्रमा रहेर पनि नेपाल जेसीजका हरेक अभियानमा सक्रियता देखाउन सफल शंकरलाई जितको शुभकामना ।।।।।