#

किसानहरु एक जुट भएपछि सागसब्जीको मूल्य आफैले निर्धारण

  पथरी अनलाइन   ४ पुष २०७६, शुक्रबार

मोरङ्गको लेटाङ्ग–९,जा“तेका किसानहरु एक जुट भएपछि सागसब्जीको मूल्य आफैले निर्धारण गर्न सक्षम भएकाछन् । सागसब्जीको अत्यधिक उत्पादन हुने यस ठाउ“का किसानहरुले आफुले उत्पादन गरेको कृषि उपजहरुको लागत अनुसारको आफैले मूल्य तोकेर मात्र ब्यापारीलाई दिन थालेपछि सागसब्जीको मूल्य आफैले निर्धारण गर्न सक्षम भएकाहुन् । अघिल्ला बर्षसम्म ब्यापारीले आºनु उत्पादनको मूल्य निर्धारण गर्दा आधा दाम दिने र ठूलो मूनाफा खाई उपभोक्तालाई सागसब्जी बिक्रि गर्दै आएका थिए । अहिले लागत मूल्य पाउ“दा कृषकहरु मख्ख परेकाछन् ।

लेटाङ्ग–९,जा“तेका निर्मल बोहोराले ल्पस २ को अध्ययन पश्चात परिवारको खर्च धान्न विकल्प खोज्न थाले । स्थानिय उत्तरी मोरङ्ग महिला कृषि सहकारीको सल्लाह र सहयोगमा बैदेशिक रोजगार छोडेर सागसब्जीको खेती सुरु गरेको २ बर्षभयो । आºनो १ बिघा क्ष्ँेत्रफल जमीनमा अहिले टमाटर झुप्पी रहेकाछन् । लागत अनुसारको आफैंले मूल्य निर्धारण गरि उत्पादन बेच्न पाएकोमा उनि मख्खछन् । ब
त्यस्तै स्थानिय तारा आले मगर पनि आºनो बारीमा लगाईएको सागसब्जीकोे मूल्य पाउ“दा स्वदेशकै आम्दानीमा रमाउदै आउनु भएको छ । परिवार संगै बसेर १० कट्ठा जमीनमा लगाएको टमाटर खेतीमा एकै बालीमा ६–७ लाख भन्दा बढि आम्दानी हुने भएकाले परिवारको गर्जो टार्न कुनै समस्या नरहेको मगरको भनाई छ ।

वहा“हरु जस्तै घनश्याम खतिवडा, गोपालप्रसाद अधिकारी, सिता लिम्बु, तारा आले मगर, ईमनाथ पोख्रेल लगायत ५ सय जना भन्दा बढि ब्याक्तिहरुको आय आर्जनको गतिलो श्रोत बनेको छ सागसब्जी खेती । यस भेगमा सिजन अनुसार उत्पादित बिभिन्न किसीमका सागसब्जीहरु दैनिकजसो ३ ट्रक भन्दा बढि बजारमा खपत हुदै आएको अगुवा किसान ईमनाथ पोख्रेलले जानकारी दिनुभयो ।स्थानिय उत्तरी मोरङ्ग महिला कृषि सहकारीको पहलमा कम्जोर आर्थिक अवस्था हुने सदस्यहरुका लागि उन्नत विउ, मल, प्राविधिक ज्ञान बा“ड्दै परम्परागत कृषि भन्दा सब्जी खेतीमा जोड दिदै आएको र हरेकको जिवनमा परिबर्तन आएको समूहकी अध्यक्ष मथुरा तिम्सीनाको भनाई छ ।
स्थानिय उत्तरी मोरङ्ग महिला कृषि समूहमा आबद्द ३ सय २० जना कृषकहरु र समूह बाहिरका कृषकहरु मार्फत करिव ९० बिघा क्षेत्रफलमा गरिदै आएको सागसब्जी खेतीबाट दैनिक ३ ट्रक माल पूर्बका बिभिन्न बजारमा बिक्रिका लागि जाने गरेको र यहा“का अधिकांशको जिवनस्तर उक्सीएको समूहकी अध्यक्ष्ँ तिम्सीनाले जानकारी दिनुभयो । परम्परागत खेती भन्दा यहा“को हावा,पानी, माटो सुहाउदो सब्जी खेतीका लागि नगरपालिका बाट समेत सहयोग मिल्दै गरेको छ । परम्परागत खेती भन्दा सागसब्जीमा राम्रो आम्दानी हुने भएका कारण कृषकलाई प्रोत्साहन गर्न मल, विउ, स्प्रेटेंकी, ल्पाष्टिक टनेल औजार लगाउत सामग्रि उपलब्ध गराउदै आएको लेटाङ्ग नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी पोख्रेल(निरौला)को भनाई छ । यहा“को हावा,पानी, माटो सुहाउदो सब्जी खेतीका लागि पकेट क्षेत्र सञ्चालन गरी अधिका“श कृषकहरुको जिवन स्तर उकास्न प्रेरण मिलेको र यहा“का कृषकहरुको मिहेनत तथा सफलताकै कारण टमाटर खेतीको लागि ब्लक क्षेत्र घोषणा गर्नेे निधो गरिएको सुन्सरीको झुम्का स्थित कृषि ज्ञान केन्द्र का प्रमुख नुनु लाल उरावको भनाई छ ।

सम्बन्धित शीर्षकहरु