#

प्याब्सन विराट कप फूटबल उद्घाटनमा चार स्कूल विजयी

  पथरी अनलाइन   २७ मंसिर २०७६, शुक्रबार

विराटनगर, २७ मंसिर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सुरु भएको छ । विराटनगरस्थित सहिद रङ्गशालमा शुक्रबारदेखि फुटबल टुर्नामेन्ट सुरु भएको हो ।

पहिलो दिन चार वटा स्कूल विजयी भएको छ । विराटनगरस्थित सेन्टजोसेफ, गोदावरी, डान र जनक मेमोरियल स्कूल विजयी भएको हो । प्रतियोगिताको पहिलो खेलमा सेन्टजोसेफ स्कूलले सप्तकोशी स्कूललाई टाइब्रेकरमा ३–२ गोले पराजित गरि सेन्टजोसेफ दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा पनि गोदावरी स्कूलले टाइब्रेकरमा जेम्स इन्टरनेशनल स्कूललाई ४–३ गोल अन्तरले पराजित गरि गोदवारी विजयी भएको छ । दुवै खेलमा निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।

त्यस्तै तेस्रो खेलमा डान स्कूल विजयी भएको छ । डान स्कूलले ए–वान क्वालिटी स्कूललाई ३–० गोल अन्तरले पराजित गरि डान स्कूल दोस्रो चरणमा प्रवेश गरेको हो । यसैगरि प्रतियोगिताको चौथो खेलमा मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको जनक मेमोरियल स्कूल विजयी भएको छ ।

जनकले सनसाइन बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरि जनक दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको भोलीको खेल दुई वटा खेल मैदानमा १६ वटा टिमको हुनेछ ।

धेरै टिम भएकोले सहिद मैदान र दिल्ली पब्लिक स्कूलको खेल मैदानमा प्रतियोगिता हुने प्याब्सनको सचिब अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । पुस १ गतेसम्म हुने फूटबल टुर्नामेन्टमा ४० वटा टिम सहभागि रहेको सचिब श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु