#

पूर्वाञ्चल विश्वविद्यालयका ९ हजार ९ सय विद्यार्थी दीक्षीत

  पथरी अनलाइन   २७ मंसिर २०७६, शुक्रबार

विराटनगर २७ मंसिर ।

पूर्वाञ्चल विश्वविद्यालयका ९ हजार बढी विद्यार्थी दीक्षीत भएका छन् । मोरंगको सुन्दरहरैचा गोठगाउँमा आज आयोजित ९ औं दीक्षान्त समारोहमा विद्याथीलाई दीक्षीत गरिएको हो ।

भारतको गुवाहाटी विश्वविद्यालयका उपकुलपति प्रा.प्रताप ज्योति ह्याण्डिकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ९ हजार ९ सय ८८ विद्यार्थी दीक्षीत भएका छन । ६ वटा संकायका स्नातकतहका ८ हजार २३ र स्नातकोत्तर तहका १ हजार ९ सय ६५ विद्यार्थी दीक्षीत भएका हुन । कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

दीक्षान्त समारोहका क्रममा शैक्षिक वर्ष २०७२ देखि २०७५ सम्मका विभिन्न संकायमा सर्वाेत्तम हुने ३४ जनालाई विभिन्न गोल्ड मेडलद्वारा सम्मान गरिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षाको सुधार गरिने बताउनुभयो । उहाँले विश्वबजारको आवस्यकता अनुशार जनशक्ति तयार गरिनुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति जारी भइसकेको भन्दै भन्नुभयो,‘ शिक्षा नीतिले संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी प्रष्ट पारेको छ ।’ जनताको आवस्यकता अनुशारको शिक्षा नीति केन्द्रित भएको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सुशासन कायम गरिने बताउनुभयो । मन्त्री पोखरेलले अवको जोड प्राविधिक शिक्षा रहेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु