#

युवामाँझ लोकप्रिय अशोक शंकरको राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी किन?

  विवेक न्यौपाने   २५ मंसिर २०७६, बुधबार

राष्ट्रिय अध्यक्षमा अशोक शंकरको उम्मेद्बारी किन?

अशोक भन्छन -“देश र अन्तर्राष्ट्रिय जगतले चाहेको र आवश्यक युवा निर्माण नै पहिलो लक्ष हो “


देश विकास गर्नु पर्छ र देश विकास हुनुपर्छ भनिरहदा यी विषयलाई सकारात्मक रुपमा अघि बढाउन हरेक संघसंस्थाको आफ्नै उदेश्य हुने गरेता पनि संघसंस्था र युवा वर्ग विचलित भएमा सो कुरा पूरा नहुने हुनाले आफ्ना लक्ष्य ,उदेश्य पूरा गर्दै राष्ट्रका लागि युवालाई अघि बढाउन अभिप्रेरित गर्ने उदेश्य  नेपाल जेसिज बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिएका अशोक शंकरको छ। शंकरले जेसिज मार्फत युवाहरुलाई आर्थिक, सामाजिक रुपमा दक्ष र अब्बल युवा निर्माण गरेर देशलाई सुम्पिने लक्ष्य र उदेश्यका साथ उम्मेद्बारी दिएको बताउछन ।

परम्परागत राजनीतिले अहिलाका युवालाई बढी उत्तेजित र उग्र बनाएका कारण जेसिजले दिनुपर्ने सतप्रतिशत नतिजा दिन नसकिरहेकाले सतप्रतिशत नतिजाका साथ जेसिजमा आबद्ध सक्रिय  युवाहरुलाई अन्तरास्ट्रिय स्तरको बन्धुत्वको निर्माण गराई अन्तर्राष्ट्रिय व्यापारमा अब्बल बनाउने लक्ष रहेको उनको भनाई छ। यसका साथै संसार भर नै नेतृत्व गर्न सक्ने युवा निर्माणका लागि आफुले नेपाल जेसिज बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिएको उनको भनाई छ।

जेसिज वर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा आफ्नो उम्मेद्वारी दिएका शंकरले समाजले, राष्ट्रले खोजेको उत्कृष्ट युवा बनाउने बताए । जेसिजको अन्तराष्ट्रिय उद्देश्य विश्व शान्ति रहेको हुँदा आफु सोही मार्गमा लागेको उनको भनाई छ। अबको नेतृत्व सक्षम, इमान्दार र सशक्त युवाको हातमा भएमा मात्रै हरेक क्षेत्रमा सकारात्मक परिवर्तन हुने भएकाले सबैले आफुलाई सहयोग गर्नुपर्ने समेत शंकरको भनाई छ।

अशोकलाई जिताउन अपिल


अशोक शंकर जिताउ अभियान सहयोग समितीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै अशोक शंकरलाई जिताउन सम्पुर्ण नगरबासी र देशभरका सम्पुर्ण जेसिज मन एक भएर लाग्न आग्रह गरेको छ। कार्यक्रममा बोल्दै सम्पुर्ण बक्ताहरुले अशोक शंकर नगरको गहना भएकाले उनलाई जिताउन सबै लाग्नु पर्ने बताएका हुन।

अभियानका संयोजक अर्जुनकुमार बुढाथोकीले विभिन्न रणनैतिक योजनाका साथ योजनाबद्ध कार्यक्रमहरु गर्दै अशोक शंकरलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गराउन लागि परेको जानकारी दिए।

कार्यक्रममा बोल्दै अभियानका सल्लाहकारहरु दिनानाथ तिम्सिना , केशव दुलाल, सचिव मुरारी आचार्य , सह सचिव रोशन बुढाथोकी लगायतले अशोक शंकरलाई जिताउन कुनै राजनैतिक दल,क्षेत्र , व्यवसाय जस्ता विषयबाट माथी उठेर लाग्नु पर्ने राय दिएका छन।

नेपाल जेसिज बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिएका अशोक शंकरलाई जिताउन पथरी शनिश्चरेमा गठन गरिएको अशोक शंकर जिताउ अभियान सहयोग समितीका संयोजक अर्जुन कुमार बुढाथोकीले विभित्र रणनिती निर्माण गरि अशोक शंकरको उम्मेद्बारीको प्रचारप्रसार र जितका लागि योजना अनुरुप कार्य अघि बढेको बताउनु भयो।

अशोक शंकरलाई जिताउन नगर प्रमुखको अपिल

राष्ट्रिय अध्यक्ष जस्तो गरिमामय पदका लागि हुन लागेको जेसिजको निर्वाचन आफैमा महत्त्वपूर्ण भएको नगर प्रमुख दिलिप कुमार राईको बुझाई छ।

अशोक शंकरले राष्ट्रिय अध्यक्षमा दिएको उम्मेद्बारीको विषयमा नगर प्रमुख राईले शंकरको उम्मेद्बारी नै पथरीशनिश्चरेका लागि ऐतिहासिक भएको बताउनु भएको छ। नगर प्रमुख राईले नगरका सम्पुर्ण राजनैनिक दल, संघसंस्था लगायतको शंकरका लागि सिर्जना भएको मतएकता समेत ऐतिहासिक, नौलो र उदाहरणिय भएको बताउनु भयो।

पथरी शनिश्चरे नगरपालिकाका छिमेकी नगरहरुका समेत प्रमुख र उपप्रमुखलाई सल्लाहकारको भुमिकामा राखेर अशोक शंकरलाई जेसिज बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्ष बनाउन कसरत जारी रहेको उहाँको भनाई छ ।

नगर प्रमुख राईले आफ्नो क्षेत्रबाट जसरी सकिन्छ अशोक शंकरलाई समर्थन गर्दै उनको जितको लागि लागि पर्न अपिल गर्नु भएको छ।

अशोक शंकरको जेसिज यात्रा

राष्ट्रिय अध्यक्षका उम्मेद्बार शंकरले सन २०१४ राष्ट्रिय उपाध्यक्ष साथै वर्ष २०१८ मा राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष भएर कुशलता पुर्वक कार्य सम्पादनको अनुभव बटुली सकेका छन। शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष समेत हुन।

व्यक्तित्व विकास र नेतृत्व क्षमता विकासमा काम गर्दै आएको जेसिजको वर्ष २०२०को लागि राष्ट्रिय अधिवेशन पुष ९ देखि १२ गते सम्म चितवनमा हुदैछ ।

राष्ट्रिय अध्यक्षको लागि अशोक शंकर सँगै अन्य तिनजना चुनावि मैदानमा रहेका छन् । अशोक लगनशील, कर्तव्यनिष्ठ, कर्मठ र सामाजिक छवि उँचो भएका व्यक्तित्व रहेका कारण उनलाई जिताउन जेसीज सदस्यका साथै सम्पुर्ण देश नै लागि परेको छ। ‘जेसीजलाई सहि बाटो हिँडाउने, कसैलाई भेदभाव नगर्ने, जेसीजलाई पारदर्शी र स्वच्छ बनाउनु पर्छ भन्ने मेरो मान्यता हो’ शंकरको भनाई छ ।