#

आज १६ औँ अन्तरास्ट्रिय महिला स्यमं सेविका दिवस, पथरी शनिश्चरेमा पनि मनाइयो

  विवेक न्यौपाने   १९ मंसिर २०७६, बिहीबार

आज १६ औँ अन्तरास्ट्रिय महिला स्वास्थ्य स्यमं सेविका दिवस, मोरङ्गको पथरी शनिश्चरेमा समेत मनाइएको छ।

गाउँ नगरमा महिला स्वास्थ्य स्यमं सेविका, स्वास्थ्य प्रबर्द्धनमा अहम भुमिका भन्ने नाराका साथ पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा एक नगरको सभा हल मै कार्यक्रम गरि मनाइएको हो।
पथरीशनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयमसेविकालाई नगद जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानित समेत गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगद सहित सम्मानित गर्नुभएको हो। नगरपालिका कार्यालयको तर्फबाट ५० हजार, नेपाल सरकारबाट २० हजार, जिल्ला स्वास्थ्य कार्यालयबाट २० हजार, जिल्ला स्वास्थ्य स्वयमसेविका संघबाट २० हजार र नगर स्वास्थ्य स्वयमसेविका समूहबाट प्राप्त ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद धमला लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरको स्वास्थ्य क्षेत्रमा स्यमं सेविकाले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै स्यमं सेविकाहरुको भुमिकाको उचित मुल्यांकन गरिने बताउनु भयो।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले नगरमा रहनु भएका महिला स्वास्थ्य स्यमं सेविकाको हितमा नगरले विषेश योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो। महिला स्यमं सेविकाले वर्ष भरी गरेको दुख भुलाउने उदेश्यसहित सम्मानार्थ आगामी वर्षमा अझ परिस्कृत र भब्य रुपले दिवस मनाउने बताउनु भयो।

सो अवसरमा, महिला स्वयमसेविकाहरुबीच स्वास्थ्य सम्वन्धि हाजिरी जवाफ र म्यूजिकल चियर्स प्रतियोगिता समेत सम्पन्न भएको छ ।

सम्बन्धित शीर्षकहरु