#

रजत महोत्सव मनाउदै प्रभात

  विवेक न्यौपाने   २६ कार्तिक २०७६, मंगलवार

मोरङ्गको पथरी शनिश्चरे ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने भएको छ ।

संस्थाले रजत महोत्सवको अवसरमा विभिन्न साताव्यापी कार्यक्रम गर्ने भएको हो । संस्थाको साताव्यापी कार्यक्रम मङ्सिर ६ गतेदेखी १२ गते सम्म संचालन हुने क्लबका अध्यक्ष नविनजङ्ग कार्कीले बताए।

संस्थाले सप्ताहव्यापी कार्यक्रमको शुरूवात विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताबाट गर्ने भएको छ। सो कार्यक्रमको सम्पुर्ण संयोजनको जिम्मा रामदेव चौधरी र नर बहादुर कार्कीलाई सुम्पिएको अध्यक्ष कार्कीले बताए।

त्यसैगरी ७ गते पथरीशनिश्चरे बुक क्लबको संयोजनमा साहित्यिक कार्यक्रम हुनेछ भने ८ गते मिलन राइ, राधा नेपाल र रुद्र ब. लिम्बुको संयोजनम हात धुने तालिम विभिन्न बिद्यालयमा संचालन हुने क्लबका उपाध्यक्ष नर बहादुर कार्कीले बताए।

त्यसैगरी सल बहादुर मगर र सम्झना राइको संयोजकत्वमा ९ गते सरसफाइ र हण्डी फोर कार्यक्रम संचालन हुनेछ ।

१० गतेका लागि भने सिर्जना घिमिरे र लक्ष्मी घिमिरेको संयोजनमा बात्ती काड्ने र बालबालिकाको मेमरी पावर चेक कार्यक्रम तय भएको छ।

यसका अलावा ११ गते स्लो बाइक रेस प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष कार्कीले जानकारी दिए। सो कार्यक्रमको संयोजक पुष्प खड्का (अबिराम) र चन्द्र कार्की तोकिएका छन ।

११ गते ढल्के जोबन फुटबल प्रतियोगिता आयोजना हुनेछ भने सो खेलको संयोजन अनिल देवान, राजकुमार बस्नेत र राम सिंह राइले गर्नेछन ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन नबिन कार्की, सल बहादुर मगर, लिला परियारको संयोजकत्वमा म्याराथुन संचालन हुनेछ। सोही दिन क्लब भवन उद्घाटन, सास्कृतिक कार्यक्रम र पुरस्कार बितरणसँगै साताव्यापी कार्यक्रम समापन हुने क्लबका अध्यक्ष कार्कीले बताए।

सम्बन्धित शीर्षकहरु