#

शनिश्चरेमा उपभोक्ता हित संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम, केही पसलहरुमा नमुना अनुगमन

  विवेक न्यौपाने   १४ आश्विन २०७६, मंगलवार

विवेक न्यौपाने, पथरी
दशैँ,तिहार लगायतका नेपाली समुदायको महान चाडहरु नजिकिदै गरेको अवस्थामा मोरङ्गको पथरी शनिश्चरे ४ मा उपभोक्ता हित संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। ।

चाडपर्व नजिकिए सँगै सर्वसाधारणले बढी बस्तु उपभोग गर्ने भएका कारण सो समयमा उपभोक्ता हित र उपभोग्य बस्तुको गुणको बारेमा जानकारी दिने उदेश्यसाथ भुल्के मिडिया प्रा.लिको आयोजना र पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ को सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।
वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहजकर्ताको रुपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय मोरङ्गका प्रमुख हिमालय बराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका शंकर न्यौपाने र पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथि सहजकर्ता बरालले उपभोक्ता ऐन लगायतका विषयमा सहभागीहरुलाई सचेत गराएका छन। उनले आफू ठगिएको महसुस हुनासाथ प्रमाण सहित उजुरी गरि सचेत नागरिकको भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका शंकर न्यौपानेले कुनै पनि सामान बजारबाट खरिद गर्नुपुर्व त्यसको गुणस्तर , उत्पादन मिति, प्रयोग गर्न मिल्ने अवधीको बारेमा जानकारी अनिवार्य लिनु पर्ने बताए।
सोही कार्यक्रममा बोल्ने क्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले हामी जानी जानी विभिन्न विषयमा ठगिरहेको उदाहरण दिदै उपभोक्ता स्यंम सचेत रहनुपर्ने बताए।


सहजकर्ताको रुपमा पथरी शनिश्चरे आएको सो टोलिले कार्यक्रम पश्चात् नमुना अनुगमनको रुपमा शनिश्चरे बजारका केही किराना पसल र होटलहरुमा अनुगमन गर्दै पहिलो पटकका त्रुटिका लागि सुझाव मात्र दिइएको छ। होटल र खाजा घरहरुको सरसफाइमा कमि भएको निष्कर्ष निकाल्दै टोलिले सफाईमा ध्यान दिन सुझाव दियो। त्यसका साथै किराना पसलहरुमा म्याद गुज्रिएका केही सामान फेला पारी पहिलो पटक सुझाव प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष भण्डारिले उपभोक्ता हितका लागि वडाले समन्वय गर्दै आफ्नो वडा बासीको स्वास्थ्य लगायतको विषयमा सचेत रहने उल्लेख गरे।
कार्यक्रममा सय बढी उपभोक्ता , व्यवसायी , शिक्षक, विभिन्न संघ,संस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित शीर्षकहरु