#

नेपाली हातेमालो समाज साउदीको नेतृत्वमा संस्थापक अध्यक्ष कट्वालकै निरन्तरता

  विवेक न्यौपाने   २९ भाद्र २०७६, आईतवार


साउदी
संसारभर छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित नेपाली हातेमालो समाज साउदी अरेबिया केन्द्रिय समितीको अध्यक्षमा टेक बहादुर कट्वालले नै निरंतरता पाउनु भएको छ।

सेप्टेम्बर १४ मा सम्पन्न नवौं साधारण सभा मार्फत कटवालको नेतृत्वमा नयाँ समिती चयन भएको हो। अध्यक्षमा निरंतरता पाउनु भएका कट्वालले समाजको स्थापनाकाल देखि नै नेतृत्व गर्दै आउनु भएको छ।कट्वाल मोरङ्गको पथरी शनिश्चरे ९ का स्थायी बासिन्दा हुनुहुन्छ।

त्यसैगरि समितीको उपाध्यक्षमा कृष्ण राहापाल र विष्णु थपलिया चुनिनु भएको छ। त्यसैगरी संयोजकमा रेशम भण्डारी , कृष्ण डल्लाकोटी ,तोरन कुमार श्रेष्ठ रहनु भएको छ।
समितीको महासचिवमा नवीन क्षेत्री , सचीव श्री देविन्द्र क्षेत्री र
कोषाध्यक्षमा रबि आचार्य चयन हुनु भएको हो।
यसैगरी सल्लाहकारमा इर्फान मिक्रआन ,सन्तोष श्रेष्ठ ,राज मान श्रेष्ठ, समीर लिम्बु, शजामिर श्रेष्ठ, सन्दीप श्रेष्ठ, रमेश लाम्गादे रह्नु भएको छ।
त्यसै गरि समितीको सदस्यहरुमा राजेन्द्र पौडेल ,बिनोद खड्का ,केसब नकर्मी ,बिनोद ओलि ,डम्बर थापा, सागर ठ्कुरी ,प्रमोद भन्डारी ,कृष्ण श्रेष्ठ, सुरज ठकुरी ,श्रीधर अधिकारी ,श्याम गिरि ,भक्त साप्कोटा , नयीम मिया र दिपक अधिकारी चयन हुनु भएको हो।
साउदीमा दुर्घटनामा परि घाइते भएका नेपालीको उद्दार, कम्पनीमा तलब नपाएर समस्यामा परेका नेपालीको उद्दार, कामको शिलशिलामा मृत्यु भएका नेपालीको परिवारलाई राहत , शव नेपाल ल्याउन समन्वय जस्ता कार्य नेपाली हातेमालो समाजको प्रमुख कार्य बनेको छ।

त्यसका अलावा भुकम्प , बाढी पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट पिडित नेपालीलाई निरन्तर सहयोग गर्नु नेपाली हातेमालो समाजको अर्को पाटो हो। नेपालमा बिशेष गरि ग्रामीण भेगमा खेलकुद, शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग हातेमालो समाजले गर्ने गरेको छ। नेपालमा रहेका नेपाली, साउदीमा कार्यरत नेपालीका अलावा विश्व भर छरिएर रहेका नेपालीलाई असहज परिस्थितिमा सहयोग गर्नु नेपाली हातेमालो समाजको उदेश्य रहेको समाजका संस्थापक अध्यक्ष कट्वाल बताउनु हुन्छ।

सम्बन्धित शीर्षकहरु