#

गायिका श्रृष्टी हिङ्माङको जितेको छु बजारमा

  पथरी अनलाइन   ११ असार २०७६, बुधबार

गायिका श्रृष्टी हिङ्माङको जितेको छु… बोलको गीत सार्वजनिक भएको छ । कृष्णउदाशीको शब्द रचना र चर्चित संगीतकार राजनराज शिवाकोटीको संगीतमा रहेको उक्त गीत सोमबार युट्युब मार्फत सार्वजनिक भएको हो ।

श्रृष्टी स्वयं आफैले अभिनय गरेको भिडियोमा कन्सेप्ट कवि मिलनको हो भने निर्देशन गौरभ दर्पणले गरेका हुन् ।

उक्त गीतको संगीत संयोजन सन्दीप कार्कीले गरेका हुन्, रेकर्डिङ कमल थापाले गरेका हुन भने मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । सो गीत प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

माहोल तताउने र डान्सिङ गीतहरूले बजार तताईरहेको बेला गम्भीर भावको गीत बजारमा आएको हो । हारहरूबाट जिवन सिकेर हिम्मत गर्न सिकाएको गित दर्शन जस्तोपनि देख्न सकिन्छ ।

भिडियो हेर्नाकोलागी यहा क्लिक गर्नुहोस…

https://www.youtube.com/watch?v=yinGvBuUDvQ