#

सशस्त्र प्रहरी बलमा तीन हजार २९७ को लागि जागिर खुल्यो

  पथरी अनलाइन   २४ फाल्गुन २०७५, शुक्रबार

सशस्त्र प्रहरी बल नेपालले साधरणा समूह अन्तर्गत रिक्तरहेका तीन हजार २९७ जनाको लागि नयाँ भर्ना खुलाएको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान पदमा आवेदन खुलाएको हो । आवेदन दिन एक महिना २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ । आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख २०७६ मा परीक्षा संचालन गर्ने उल्लेख गरिएको छ । आवेदन दिनको लागि कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्ने छ । पुरुषको लागि न्यूनतम ५० केजी र महिलाको लागि न्यूनतम ४२ केजी तौल अनिवार्य हुनु पर्ने छ ।