• patharionline@gmail.com
  • नेकपा मोरंगको चियापान कात्तिक ८ गते

    विराटनगर,३ कात्तिक ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले चाडपर्वको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम यस वर्ष कात्तिक ८ गते शुक्रबार पार्टी कार्यालय पाञ्चालीमा गर्ने भएको छ ।

    कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनुहुने निश्चित गरिएको मोरङ सहइन्चार्ज गोपी अच्छामीले जानकारी दिनुभयो । विशेष अतिथिका रुपमा आउनु हुने पार्टीको स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुहुुने छ ।

    पार्टीका नेता तथा कार्यकर्ताको लागि सोही दिन बिहान ११ बजे र अन्य आमन्त्रितहरुलाई दिउँसो ३ बजेको समय निर्धारण गरिएको छ । शुभकामना तथा प्रशिक्षण कार्यक्रमको लागि जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा यहाँस्थित प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु, जनसंघठनका पदाधिकारीहरु, महानगर कमिटीका सदस्यहरु रहेको मूल आयोजक कमिटी निर्माण यसअघि नै गरिएको छ । आयोजक कमिटीको आज विराटनगरमा बसेको वैठकलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यो चियापान वा शुभकामना मात्र होइन पार्टी कार्यकर्ताहरुलाई चार्ज गर्ने कार्यक्रम पनि रहेको बताउनुभयो ।

    पार्टीका गतिविधि, निर्णय, धारणा,आगामी रणनीति, अनुशासन आदिका विषयमा स्कुल विभाग प्रमुखले प्रशिक्षण  दिनुहुने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । सोही दिन जिल्लाका सबै कमिटीमा आवद्ध तथा कार्यकर्तालाई सहभागी हुन पनि आव्हान गरिएको छ ।

    कम्तिमा पाँच हजार नेताहरु तथा अन्य थुप्रै कार्यकर्ताहरु उपस्थित हुने अध्यक्ष पोखरेलले बताउनुभयो । मञ्च तथा अन्य व्यवस्थापनका लागि नेता बाबुराम कार्कीको संयोजकत्वमा एउटा कमिटीसमेत बनाइएको छ । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आगामी केही दिन दैनिक वैठक तथा अन्य गतिविधिहरु सञ्चालन गरिने पार्टीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    • ३ मंसिर २०७६, मंगलवार

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको ‘होम गेम’ कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला

    किन अपहरणमा परेको नाटक गरे तरुण दलका बाँके कोषाध्यक्ष खड्काले

    • २ मंसिर २०७६, सोमबार

    काठमाडौँ- सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो- नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्‍यो। उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी

    पैसा लेनदेनमा विवाद हुँदा ‘झाँक्री’को हत्या, ५ जना पक्राउ

    जनकपुर- एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। गत कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी