• patharionline@gmail.com
  • तेस्रो डाँगीहाट गोल्डकप; चर्च ब्वाइज काठमाडौको विजयी शुरुवात

    मोरङको बेलबारी १० भाउन्नेमा आइतबारबाट तेस्रो डाँगीहाट गोल्डकप सुरु भएको छ । गोल्डकपको उद्घाटन खेलमा काठमाण्डौको चर्चब्वाइज क्लब विजयी भएको छ ।


    चर्चव्वाइजले झापाको काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारीत समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकर गर्नुपरको थियो । खेलको ५५ औ मिनेटमा काँकरभिट्टाका कर्ण लिम्बुले १ गोल गरेर टिमलाई अग्रता दिलाएपनि त्यसको केहीबेरमै चर्चव्वाइजका मिलन राईले १ गोल फर्काएर खेललाई बराबरीमा पुर्याएका थिए । त्यसपछि भने थप गोल हुन नसकी निर्धा्रित समयको खेल सकिएको थियो । टाइब्रेकरमा चर्चव्वाइजले ६–५ गोल अन्तरले जित हात पारेको हो । सो खेलको म्यान अफ दी म्याच चर्च व्वाइजकै मिलन राई भए ।
    गोल्डकप अन्तर्गत सोमबार धरान फुटबल क्लब र सिराहा गोलबजार विच खेल हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिनुभएको छ । गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।
    भाउन्ने स्थित प्रस्तावित डाँगीहाट रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन प्रदेश नम्बर १ संसदका सदस्य एवम् कांग्रेस संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले गर्नुभएको थियो । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली विशिष्ट अतिथी रहनुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    • ३ मंसिर २०७६, मंगलवार

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको ‘होम गेम’ कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला

    किन अपहरणमा परेको नाटक गरे तरुण दलका बाँके कोषाध्यक्ष खड्काले

    • २ मंसिर २०७६, सोमबार

    काठमाडौँ- सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो- नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्‍यो। उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी

    पैसा लेनदेनमा विवाद हुँदा ‘झाँक्री’को हत्या, ५ जना पक्राउ

    जनकपुर- एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। गत कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी