• patharionline@gmail.com
  • डिफेन्डिङ च्याम्पियन लेटाङ्ग फाइनल प्रवेश

    पथरी
    भुवन राईको निर्णायक गोल सँगै डिफेन्डिङ च्याम्पियन लेटाङ्ग फुटबल क्लब मोरङ्गको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। खेलको पहिलो हाफकै ९ औँ मिनेटमा भुवनले गरेको गोल नै योसेक फुटबल क्लब उर्लाबारी विरुद्ध लेटाङको जितका लागि पर्याप्त हुन पुग्यो।

    आज भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १ -० गोल अन्तरले पराजित गर्दै लेटाङ पुन: उपाधी नजिक पुगेको हो ।
    खेलको म्यान अफ दि म्याच योसेक क्लब उर्लाबारीका खेलाडी प्रकाश भुजेल घोषित भए ।
    भोलि (सोमबार)को सेमि फाइनल खेल पञ्चायन फुटबल क्लब सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव संयोजक नवीन ढकालले बताए । अब फाइनलमा पञ्चायन र डाँगिहाट बिचको विजेतासँग लेटाङ्गले उपाधी रक्षाका लागि प्रतिस्पर्धा गर्नेछ।
    प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ । प्रतियोगिताको आयोजना सुनाखरी युवा क्लबले गरेको हो ।

    प्रतिकृया दिनुहोस

    विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    • ३ मंसिर २०७६, मंगलवार

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको ‘होम गेम’ कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला

    किन अपहरणमा परेको नाटक गरे तरुण दलका बाँके कोषाध्यक्ष खड्काले

    • २ मंसिर २०७६, सोमबार

    काठमाडौँ- सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो- नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्‍यो। उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी

    पैसा लेनदेनमा विवाद हुँदा ‘झाँक्री’को हत्या, ५ जना पक्राउ

    जनकपुर- एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। गत कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी