• patharionline@gmail.com
  • प्रदेशका प्रजिअसँग भिडियो संवाद कार्यक्रम

     

    विराटनगर,

    प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भिडियो संवाद कार्यक्रम सुरु गरेको छ । जिल्लामा भएका गतिविधिको विषयमा जानकारी लिनका लागि मंंगलबार देखि प्रत्यक्ष भिडियो संवाद कार्यक्रम थालिएको हो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भिडियो संवादको शुभाम्भ गर्दै एकै पटक प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भयो । मन्त्री कार्कीले आगामी संविधान दिवसलाई सिर्जनात्मक ढंगबाट प्रदेशका एक सय ३७ स्थानीय तहमा मनाउन र त्यसै अनुरुप तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भयो ।

    यसैगरी जिल्लामा डेंगुबाट प्रभावितको उपचारको अवस्थाको विषयमा बुझेर जानकारी गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री कार्कीले निर्देशन दिनु भयो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीसँग समन्वयका लागि प्रत्यक्ष भिडियो संवाद कार्यक्रमले विशेष अवस्थामा सामूहिक संवाद गरेर तत्काल आवश्यक पहल गर्नका लागि सहयोग गर्ने बताइएको छ । विपद् तथा प्रकोप व्यवस्थापन र नियन्त्रणका लागि प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारीले गर्ने समन्वयमा सहजीकरण हुने दाबी गरिएको छ ।

    आर्थिक वर्ष २०७५÷२०७६ बजेटमा समावेश गरिएको प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालनसँगै जिल्लागत सूचना लिनका लागि सजिलो हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा यसको प्रवन्ध मिलाउन ४५ लाख रुपैयाँ खर्च गरेको छ ।

    प्रतिकृया दिनुहोस

    संविधान दिवशमा पथरी शनिश्चरेमा  दिपावली

    • ३ आश्विन २०७६, शुक्रबार

      पथरीशनिश्चरे, संविधान दिवशका अवसरमा आज साँझ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा दिपावली गरिएको छ । नगरपालिका कार्यालयमा नगर प्रमुख

    सुनबर्शिले दियो मृतकका परिवारलाई जनही दुईदुई लाख

    बिराटनगर , केही महिना अगाडि सुनबर्शी नगरपालिका वाड न -९ मा महस्जिदको सेफ्टिट्यान्की बनाउने क्रममा मृत्यु भएको परिवारलाई सुनबर्शी नगरपालिकाले जनही दुईदुई लाखको दरले सहयोग

    पथरी शनिश्चरे नगरपालिकामा संविधान दिवशमा प्रभातफेरि र झण्डोत्तोलन

      पथरीशनिश्चरे, संविधान दिवशका अवसरमा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले कार्यालयमा झण्डोत्तोलन गरेका छन् । विहान वडा नम्वर १