• patharionline@gmail.com
  • पथरी काठमाडौ मैत्री समाजले गर्यो एस ई ई उतिर्ण विद्यार्थीलाई सम्मान

    काठमाडौ
    पथरी काठमाडौ मैत्री समाजले एस ई ई २०७५ मा सहभागी भै सफल हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। पथरी स्थायी बसोबास रहि काठमाडौँ बाट एस ई ई दिएका र पथरी बाट एस ई ई दिएर काठमाण्डौँ बस्दै आएका १३ जना विद्यार्थीलाई समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो। कानुन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असार १५ को स्मरण गर्दै दहि चिउरा खाने परम्परालाई समेत निरन्तरता दिएको थियो ।

    कार्यक्रममा मोरङ्ग क्षेत्र नम्बर २ का सांसद मिनेन्द्र रिजालको बिशिस्ट आतिथ्यता रहेको थियो। पथरी काठमाडौँ मैत्री समाजका अध्यक्ष लक्ष्मी प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बाल साहित्यकारहरुले आफ्नो रचना समेत बाचन गरेका थिए। कार्यक्रममा मोरङ्ग काठमाडौँ समाजका अध्यक्ष कृष्ण मुरारी कोइराला सहितको उपस्थिति रहेको थियो। पथरी काठमाडौँ मैत्री समाजले यश किसिमको कार्यक्रम विगतका बर्षहरुको झै निरंतरता रहेको समाजका सचिव अशोक खनालले बताए। कार्यक्रममा बोल्दै कानुन मन्त्री ढकालले यस किसिमको कार्यक्रमले विद्यार्थी र बाल साहित्यकारहरुको मनोबल उच्च बनाउन मद्दत पुग्ने बताए।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०