• patharionline@gmail.com
  • पत्रकारहरुसँग अन्तरक्रिया, नगरलाई सुशासनयुक्त नगर वनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष

    पथरी शनिश्चरे,
    प्रस्तावित पत्रकार महासंघ पुर्वी मोरङ्ग शाखाले पथरीशनिश्चरे नगरपालिका कार्यालयमा आज सुशासन संबंधी अन्तरक्रिया को आयोजना गरेको छ।

    मोरङको पथरी शनिश्चरेलाई सुशासनयुक्त नगर वनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको सो अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
    कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले नगरमा सुशासन कायम गर्न आफुहरु लागिपरिरहेको जनाउनु भयो । उहाँले पत्रकारसहित सवैपक्षको सहयोग तथा सहकार्यमा नगर क्षेत्रलाई सुशासनयुक्त वनाउन सकिनेमा समेत जोड दिनु भयो ।
    उहाँले नगरमा पर्यटनको सम्भावना राम्रो रहेको तथा बाहिर हल्ला फैलिएजस्तो सुरक्षाको समस्या नरहेको जनाउँदै नगरको समितिले नगरको समग्र विकासमा लागिपरिरहेको साथै सफलता प्राप्त हुँदै गरेको समेत उल्लेख गर्नुभयो ।
    अव कम्तिमा पनि चौमासिक रुपमा नगरका गतिविधि तथा समस्याका बारेमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गरिने समेत उहाँले जानकारी गराउनु भयो ।
    कार्यक्रममा, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, ६ नम्वर वडाध्यक्ष जयवहादुर तामाङले पत्रकार र नगरपालिकाको सहकार्यमा कमीकमजोरी हटाई नगरमा सुशासन र विकास अघि बढाउनु पर्ने धारणा राख्नु भयो ।
    लेखनबृत्तीका प्रकाशित समाचारमाथि नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना, पत्रकार महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई र पत्रकार केशव निरौलाले समीक्षा गर्नुभयो । कार्यक्रममा सभाध्यक्ष सन्तोष राई, पत्रकार मोहन भट्टराई सहितले मन्तव्य व्यक्त गर्नुभयो ।
    सो अवसरमा नगर क्षेत्रमा कार्यरत १५ जना पत्रकारलाई ७२ हजार ५ सय रुपैयाँ बराबरको लेखनवृत्ती प्रदान गरिएको छ । लेखनबृत्तीका लागि लेखिएका समाचार नगरप्रमुखलाई हस्तान्तरण गरिएको छ ।
    गत आर्थिक वर्षमा नगरपालिकाले मिडिया प्रवद्र्धन शिर्षकमा छुट्याएको ५ लाख रकमबाट स्थानीय मिडिया प्रवद्र्धन समितिमार्फत सञ्चारसंस्था प्रवद्र्धन र लेखनबृत्ती कार्यक्रम सञ्चालन भएको हो ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०