• patharionline@gmail.com
  • विदेशमा ज्यान गुमाएका सनमको परिवारलाई नगरपालिकाको सहयोग

    विदेशमा दुर्घटनामा परी निधन भएका नगरका एक विपन्न युवाका परिवारलाई मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले २५ हजार रुपैयाँ राहत प्रदान गरेको छ।

    साउदी अरबमा निधन भएका वडा नम्बर १० स्थित चौकीडाँडाका २३ वर्षीय सनम राईका बुबा रुद्रबहादुर राई र आमा झपरीमाया राईलाई आज सो रकम प्रदान गरिएको हो ।

    नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य तिलक धिमाल, मैनादेवी आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा सहितका स्थानीय समाजसेवीहरुले घरमै पुगेर रकम प्रदान गर्नुभएको थियो ।

    स्थानीय समाजसेवीहरुले राई परिवारको आर्थिक पीडाको अवस्था दर्शाएपछि नगरपालिकाले सहयोग पुर्याएको हो ।

    साउदी अरबको जिदास्थित माछा फारममा काम गर्दै आएका सनमको जेठ १२ गते मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । परिवारको एकमात्र सन्तान सनम ६ महिना अघि ऋण काढेर त्यहाँ पुग्नु भएको थियो ।

    ५ धुर जग्गामा प्लाष्टिकले बारेको जीर्ण घरमा रहेका विपन्न परिवारको राहतका लागि नगरले सहयोग पुर्याएको नगर प्रमुख राईले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०