• patharionline@gmail.com
  • जंगली च्याउ खाएर १२ जना बिरामी

    साउन ५

    उदयपुरका छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका –९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् ।

    जंगली च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन् ।

    यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खादाँ टंककुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    टककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले वताए । उनीहरुले शनिबार जंगलबाट ल्याएर च्याउ खाएका थिए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०