• patharionline@gmail.com
  • सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

    साउन ५,

    पार्टी एकता प्रक्रियालाई टुंगो लगाउने उद्देश्यका साथ सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टी एकता प्रक्रियालाई टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
    बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउनेछ । नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ ।
    यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ । ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ । तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०