• patharionline@gmail.com
  • मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै,अझै केही दिन वर्षा हुने

     


    मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी समयमा वर्षा गराउने प्रणाली केही दिनदेखि सक्रिय हुँदा देशका धेरैजसो भूभागमा लगातार पानी परिरहेको छ । महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जानकारी दिनुभयो । लगातार पानी परेपछि बाढी र पहिरोको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
    बिहीबार चुरेबाट बहने खोलामा बाढी आउने भएकाले नदी तटीय क्षेत्र तथा होचो ठाउँमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । बिहीबार बेलुकीपछि भने पूर्वी क्षेत्रमा कन्काई, कोशी, कमला, बागमती जलाधार क्षेत्रमा पानीको सतहले सतर्कता तह पार गर्ने देखिएको पनि महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीशनिस्चरेको सिमसार अनुगमन

    • २०७६ श्रावण २, बिहीबार १०:१८ गते

    राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन्। राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक