• patharionline@gmail.com
  • आगलागीबाट मोरङमा ८० लाखको क्षति

     


    मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो । बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीशनिस्चरेको सिमसार अनुगमन

    • २०७६ श्रावण २, बिहीबार १०:१८ गते

    राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन्। राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक