• patharionline@gmail.com
  • पथरीमा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

     

    मोरङको पथरी शनिश्चरेमा प्रदेश नम्बर १ भरिका कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । धार्मिक सद्भावयुक्त शान्तिपुर्ण समाजको स्थापना भन्ने मुल नाराका साथ अन्तर धार्मिक शान्ती युवा समुह र सामुदायिक बिकास मन्च नेपाल लेटाङको आयोजना र युनाईटेड मिसन नेपालको सहयोगमा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो । प्रतियोगिता यहि साउन २४ गते पथरीशनिश्चरे १ स्थित सिन भिलेज पार्टी प्यालेसमा सञ्चालन हुने अन्तर धार्मिक शान्ती युवा समुहका संयोजक सुमन कुरुङ्वाङ्गले जानकारी दिए । प्रतियोगितामा प्रदेश नम्बर १ भरिका कक्षा ११ देखी माथिका कलेज अध्ययन गर्ने विद्यार्थीहरुले सहभगिता हुन सक्ने छन् । ूसामुदयिक शान्ती निर्माणको लागी धार्मिक सहिष्णुताू भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने अन्तर धार्मिक शान्ती युवा समुहका सदस्य आकाश थुलुङ्गले जानकारी दिए ।

    आजको मिति बाट नै आवेदन फारम खुल्ला भएको पनि जानकारी बताइएको छ । आफनो कलेजको लेटर प्याडमा निवेदन लेखि cdfmorang56@gmail.com मा श्रावण १५ गते सम्ममा पठाउनु पर्ने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगितामा सहभागिता जनाउन इच्छुक हुने विद्यार्थीहरुले साउन १५ गते सम्ममा फारम भरी प्राइम बैकमा नगद १ हजारको भौचर बुझाउनु पर्ने बताइएको छ ।
    वक्तृत्वकला प्रतियोगितामा २५ जना विद्यार्थीहरुका बिचमा फाइनल प्रतिस्पर्धा गराइने र सो भन्दा बढी विद्यार्थी भएको खण्डमा छनोट प्रक्रियाद्वारा प्रतिस्पर्धा गराइने अन्तर धार्मिक शान्ती युवा समुहका संयोजक कुरुङ्वाङ्गले बताए । समाजमा धार्मिक सद्भाव र सहिष्णुता कायम गराउने तथा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको सामुदायिक विकास मन्चका अध्यक्ष किशोर कुमार भट्टराइले जानकारी दिए ।  प्रतियोगिताको विजेताले नगद २५ हजार पुरस्कार पाउनेछन् । त्यसैगरी दोस्रो र तेस्रो हुनेले जनही १५०००,१०००० हजार रुपैयाँ पुरस्कारले पुरस्कृत हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीशनिस्चरेको सिमसार अनुगमन

    • २०७६ श्रावण २, बिहीबार १०:१८ गते

    राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन्। राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक