• patharionline@gmail.com
  • प्रतापपुर गाउँपालिकामा अपांगता भएकालाई छाता र टर्च वितरण

     रबिन्द्र यादव,नवलपरासी पश्चिम

    नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकामा अपांगता भएका व्यक्तिहरुलाई शनिवार छाता र टर्च वितरण गरिएको छ। प्रतापपुर गाउँपालिकाको अार्थिक सहयोग र जन जागृति अपांग संस्था सिबिअार नेटवर्क नवलपरासीको अायोजनामा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

    वितरण कार्यक्रमका प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले अपांगता भएका व्यक्तिहरुलाई छाता र टर्च वितरण गर्नु भएको थियोे । वितरण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि शर्माले प्रतापपुर गाउँपालिका लाई अपांग मैत्री गाउँपालिका बनाउनेमा जोड दिनु भएको थियोे ।

    अपांगता भएका व्यक्तिहरुलाई राजनैतिक , सामाजिक , सांस्कृतिक विकासको मुलधारमा ल्याएर उनिहरुको क्षमता विकास र अात्मनिर्भर बनाउन गाउँपालिका हरसंभव कोसिस गरिरहेको बताउनु भयो ।

    छाता र टर्च वितरण कार्यक्रममा जन जागृति अपांग संस्था नवलपरासीको अध्यक्ष बच्चा राजभरको अध्यक्षतामा सम्पन्न भएको थियोे भने उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, वडा नं ६ का वडा अध्यक्ष रामहरि उपाध्याय , ८ का कादिर अलि अन्सारी , अंगद यादव , नन्दु यादव लगायतको सहभागिता थियोे ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीमा सडक दुर्घटना, एकको मृत्यु, १८ घाइते

    • २०७६ श्रावण २, बिहीबार ०५:४६ गते

      मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० स्थित शिविर डाँडामा आज (बिहिवार) विहान २ वटा सवारी साधन एक अर्कामा ठक्कर खादा एक जनाको घट्ना स्थलमै