• patharionline@gmail.com
  • पथरीशनिश्चरेका खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

    मोरङको बेलबारीमा आयोजित अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा उपविजेता बनेको पथरीशनिश्चरेको टिमलाई आज पथरीशनिश्चरे नगरपालिका कार्यालयले सम्मान व्यक्त गरेको छ ।

    नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितका जनप्रतिनिधि नगर खेलकुद विकास समिति अध्यक्ष मणि लिम्बू सहितले टिमलाई बधाई दिँदै सम्मान व्यक्त गरेको छ ।

    उपविजेताबाटै विजेता बन्ने यात्राको शुभकामना दिँदै खादा, अविर, प्रमाणपत्र सहितले सम्मानित गर्दै टिमलाई हौसला प्रदान गरिएको हो । सो टिमले प्रतियोगितामा नगद १ लाख सहित शिल्ड सहितका पुरस्कार हात पारेको छ । प्रतियोगितामा केराबारी गाउँपालिकाको टिम विजेता बनेको थियो ।

    प्रतिकृया दिनुहोस

    आकर्षक रोजगारको प्रलोभन देखाइ नेपाली युवा भारत लैजाने समूह पक्राउ

    • २०७६ श्रावण ३, शुक्रबार १४:१४ गते

    पथरी आकर्षक तलव र ओभरटाइमको समेत छुट्टै पारिश्रमिक दिने प्रलोभन देखाई भारत लैजाने क्रममा १० जनालाई प्रहरीले उद्दार गरेको छ। मोरङ्ग उर्लाबारीका १० जना युवाहरुको

    हरियाली सामुदायिक वन बन्यो मुलुककै उत्कृष्ट,१ लाख रुपैयाँ नगद सहित पुरस्कृत

    बिबेक न्यौपाने, पथरी मोरङ्गको पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूह गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार २०७६ बाट पुरस्कृत भएको छ ।

    पथरीशनिस्चरेको सिमसार अनुगमन

    • २०७६ श्रावण २, बिहीबार १०:१८ गते

    राष्ट्संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशन्का नेपालका उच्च अधिकारीहरुले मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन्। राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक