• patharionline@gmail.com
  • आजदेखि पथरीशनिश्चरेमा कला साहित्य उत्सब २०७६ सुरु

    कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेको आयोजनामा सनिबार देखि ‘प्रथम पथरी शनिश्चरे कला साहित्य उत्सब–२०७६’ सुरु हुने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने उक्त उत्सब आइतबार सम्म चल्नेछ । रत्न चोकबाट साँस्कृतिक झाँकी सहित पथरी बजार परिक्रमा गरी सिन भिलेज पार्टी प्यालेसमा औपचारिक रुपमा कार्यक्रमको उद्घाटन हुनेछ ।

    दुई दिने उत्सबमा पहिलो दिन जातीय मौलिक साँस्कृतिक झाँकी, मौलिक गीत र प्रस्तुति, चित्रकला र मुर्तिकला प्रदर्शनी, नगरको कला र साहित्यको अवस्था बारे जानकारी , स्रष्ठा सम्मान , प्रहसन प्रस्तुति रहने कार्यक्रम संयोजक अमिर राईले बताए ।

    दोस्रो दिन जिल्लाको साहित्यको अवस्था विषयक जानकारी , सर्जकका सृजना प्रस्तुति, मौलिक गीत र नृत्य, चित्रकला र मूर्तिकला प्रदर्शनी र प्रहसन प्रस्तुतिको कार्यक्रम रहेका छन् । समितिका सचिब रोहित पराईले सुृजना क्षेत्रको महत्व र मर्म बुझाउँदै यसको संरक्षण, संवद्र्धन र विकासमा सबै जुटुने चेतना एवम् सन्देश प्रवाह गर्न पथरीमा प्रथम पटक कला र साहित्यको उत्सबको आयोजना गरिएको बताए ।

    सोमबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी समितिले कार्यक्रम बारे थाहा दिएका थियो । । नगरपालिकाको सहयोगमा आयोजना हुने उत्सबमा करिब ३ लाख खर्च हुने र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०